कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

<span class='c1'>कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग</span> <span class='c2'>सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण</span>

सुनसरी । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले श्रावण २१ गते नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको निरीक्षण भ्रमण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ ।

निर्देशनको क्रममा वँहाले सवारी दुर्घटना न्यूनीकरणको लागी बिशेष अभियान संचालन गर्न तथा दैनिकरुपमा ट्राफिक चेकजाँचलाई प्रभावकारी बनाई तीव्र गति, ओभरलोड, र मादक पदार्थ वा लागूऔषध सेवन गरी सवारी चलाउने विरुद्ध कडाइका साथ ट्राफिक कार्वाही गर्न ।

नियम उलंघन गर्ने सवारी साधनलाई कारवाही गर्न राडार गन, सीसी टीभी, मापसे/लापसे जाँचकिट जस्ता आधुनिक प्रविधिको सही र अधिकतम प्रयोग गरी ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण गर्न ।

लामो दूरीका यात्रुवाहक सवारी साधनमा दुई जना चालक अनिवार्य भए/नभएको, भाडा दर सही भए/नभएको, आरक्षण सिटहरूको व्यवस्था र टाइम कार्ड लागू भए अनुसार सवारी साधन भए नभएको कडाईका साथ चेकजाँच गर्न । चेकिङको क्रममा कसैलाई दुःख हैरानी नदिई सेवाग्राहीप्रति शिष्ट र मर्यादित व्यवहारमा प्रस्तुत भई सडक सु-शासनको महसुस हुने गरी ट्राफिक व्यवस्थापन मिलाउन ।

सवारी दुर्घटना न्यूनीकरण गरी, सुरक्षित सडक बनाउन सवारी चालक, सहचालक, पैदलयात्री र विद्यार्थीहरूलाई समेत लक्षित गरी नियमित रुपमा ट्राफिक प्रशिक्षण दिन । कार्यसम्पादन सम्झौता र कार्यसम्पादन अभिलेख ढाँचा (Automation) को लक्ष्य हासिल हुने गरी दैनिकरुपमा ट्राफिक व्यवस्थान कार्यलाई व्यवस्थित र प्रभावकारीरुपमा कार्यान्वयन गर्न निर्देशन दिनु भएको छ ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख दिपक गिरीले ट्राफिक जनशक्ति परिचालन, सेवाप्रवाह तथा कोशी प्रदेशको ट्राफिक व्यवस्थापनको अवस्थाको बारेमा अवगत गराउनु भएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, सिनियर तथा जुनियर प्रहरी अधिकृतहरु, मोरङ र सुनसरी जिल्लामा ट्राफिक व्यवस्थापनमा खटिने ट्राफिक प्रहरी अधिकृतका साथै ट्राफिक प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्