विराटनगरमा पोडवे निर्माणको प्रारम्भिक प्रक्रिया सुरु, डिपीआरपछि निर्माणको बाटो खुल्यो

<span class='c1'>विराटनगरमा पोडवे निर्माणको प्रारम्भिक प्रक्रिया</span> <span class='c2'>सुरु, डिपीआरपछि निर्माणको बाटो खुल्यो</span>

विराटनगर । विराटनगरमा सार्वजानिक यातायातको नयाँ माध्यम पोडवे निर्माणको प्रारम्भिक प्रक्रियाले मुर्तरुप लिएको छ । कोशी प्रदेश लगानी प्राधिकरण र काठमाडौं पोडवे कम्पनी प्राइभेट लिमिटेडबीच पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

हस्ताक्षर भएसँगै अब निजी लगानीमा पोडवे निर्माणका लागि बाटो खुलेको हो । अब लगानीकर्ता कम्पनीले पहिलो चरणमा विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाउनेछ । त्यो लगानी प्राधिकरणमा पेश गरेसँगै निजी लगानीमा यसको निर्माण कार्य समेत प्रारम्भ हुनेछ । काठमाण्डौं पोडवे कम्पनीका उपाध्यक्ष निल भट्टराईले विराटनगरमा पोडवको पहिलो लगानी सफल बनाउने गरी काम हुने दावी गरेका छन् ।

लगानी प्राधिकरण र पोडवे निर्माण कम्पनीबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । जसमा प्राधिकरणका कार्यकारी प्रमुख डा.सरोज कोइराला र कम्पनीका उपाध्यक्ष निल भट्टराईले हस्ताक्षर गरेका छन् ।
निजी क्षेत्रको लगानीमा निर्माण हुने उक्त परियोजनाअन्तर्गत पहिलो चरणमा रानी भन्सारदेखि विराटनगर बसपार्कसम्मको सात किलोमिटर दूरीमा नमूना पोडवे निर्माण गरिनेछ। उपाध्यक्ष भट्टराईले यसलाई मेघा प्रोजेक्टको रुपमा पर्यटकीयस्थल भेडेटारसम्म जोड्ने योजना रहेको बताए ।

राष्ट्रिय यातायात नीति तथा सम्बन्धित कानुनी संरचनाभित्र रहेर निर्माण हुने उक्त परियोजना उच्च प्रविधिको एआई र अत्याधुनिक टेक्नोलोजीमा आधारित हुनेछ। सडकको सवारी चाप र प्रदूषणलाई शून्यमा झार्दै सुरक्षित, द्रुत र वातावरणमैत्री यात्रा गराउन त्यो प्रविधि र सेवा प्रभावकारी मानिने विज्ञहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्