साउनको अन्तिम सोमबारःदेशभरका शिवालयमा भक्तजनको घुइँचो

<span class='c1'>साउनको अन्तिम सोमबारःदेशभरका</span> <span class='c2'>शिवालयमा भक्तजनको घुइँचो</span>

काठमाडौं । साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि भक्तजनहरू पूजा तथा आराधनाका लागि विभिन्न शिवालयमा पुगेका छन्।

काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको ठूलो भीड लागेको छ। भक्तजनहरू हातमा बेलपत्र, फूल, फलफूल तथा पूजा सामग्री लिएर भगवान् शिवको दर्शन र पूजाआराधनाका लागि लामबद्ध भएका छन्।

साउन महिनाका सोमबार भगवान् शिवको पूजा तथा आराधना गर्ने धार्मिक परम्परा रहिआएको छ। विशेषगरी महिलाहरूले साउनको सोमबार व्रत बसेर शिवको पूजा गर्ने गर्छन्। विवाहित महिलाले श्रीमान्को दीर्घायु र पारिवारिक सुख–समृद्धिको कामना तथा अविवाहित महिलाले सुयोग्य वर प्राप्तिको कामनासहित व्रत बस्ने धार्मिक विश्वास रहेको छ।

साउनको अन्तिम सोमबार भने यस महिनाभर व्रत तथा पूजा गर्दै आएका भक्तजनले विशेष धार्मिक विधिअनुसार व्रत समापन गर्ने गर्छन्। केही भक्तजनले गोदान, पूर्णपात्रलगायतका धार्मिक कर्म गरी साउने सोमबारको व्रत समापन गर्ने परम्परा पनि रहेको छ।

आजको अन्तिम सोमबार ‘सोमप्रदोष व्रत’को संयोगसमेत परेको बताइएको छ। यस अवसरमा पशुपतिनाथबाहेक भक्तपुरको डोलेश्वर महादेव, ललितपुरको कुम्भेश्वर, सुनसरीको पिण्डेश्वर, हलेसी महादेव, म्याग्दीको गलेश्वर, देवघाटधामलगायत देशभरका विभिन्न शिवालयमा पनि भक्तजनको भीड लाग्छ ।

साउनको अन्तिम सोमबारका अवसरमा काठमाडौंको सुन्दरीजलमा पनि बिहानैदेखि बोलबम यात्राका लागि भक्तजन भेला भएका छन्। भक्तजनहरू सुन्दरीजलस्थित बागमती नदीमा स्नान गरी शुद्ध भएर जल बोकी पशुपतिनाथमा चढाउने गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्