साउनको आज अन्तिम सोमबार विराटनगरका शिवालयमा भक्तजनको घुइँचो

<span class='c1'>साउनको आज अन्तिम सोमबार</span> <span class='c2'>विराटनगरका शिवालयमा भक्तजनको घुइँचो</span>

विराटनगर । साउन महिनाको अन्तिम सोमबार आज विराटनगरका विभिन्न शिव मन्दिर तथा शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । साउन महिनालाई भगवान् शिवको प्रिय महिना मानिने भएकाले यस महिनाका सोमबार विशेष धार्मिक महत्वका साथ मनाउने परम्परा छ ।


साउनको अन्तिम सोमबार भएकाले बिहानैदेखि विराटनगरका विभिन्न शिव मन्दिरमा श्रद्धालु भक्तजनहरू पूजाआजा तथा भगवान् शिवको दर्शनका लागि पुगेका छन्। भक्तजनहरूले शिवलिङ्गमा जल, दूध, बेलपत्र, फूल तथा विभिन्न फलफूल अर्पण गर्दै पूजा–आराधना गरेका छन् ।


विशेषगरी साउन महिनामा सोमबार व्रत बस्ने र भगवान् शिवको पूजा गर्ने धार्मिक परम्परा रहँदै आएको छ। आफ्नो मनोकांक्षा पूरा हुने तथा परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वासका कारण पनि भक्तजनहरू बिहानैदेखि मन्दिर पुग्ने गरेका छन्।

साउनको अन्तिम सोमबारलाई विशेष मानिने भएकाले अन्य सोमबारको तुलनामा आज मन्दिरमा भक्तजनको संख्या अझ बढेको देखिएको छ। भक्तजनहरूले ‘ॐ नमः शिवाय’ जप गर्दै आज दिनैभर शिवको आराधना गर्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्