अश्लील भिडियोबारे ज्ञानेन्द्र शाहीको टिप्पणी : ‘प्रमाणित भए सांसद पदबाट राजीनामा दिन्छु’

<span class='c1'>अश्लील भिडियोबारे ज्ञानेन्द्र शाहीको टिप्पणी :</span> <span class='c2'>‘प्रमाणित भए सांसद पदबाट राजीनामा दिन्छु’</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आफूविरुद्ध मदिरा सेवन गरेको तथा सामाजिक सञ्जालमा अश्लील भिडियोसँग जोडेर लगाइएका आरोपको स्वास्थ्य परीक्षण तथा अनुसन्धानमार्फत सत्यतथ्य पत्ता लगाउन चुनौती दिएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले आफूविरुद्ध गम्भीर आरोप लगाइएको भन्दै संसदको स्वास्थ्यसम्बन्धी निकाय तथा चिकित्सकको टोलीबाट आफ्नो स्वास्थ्य परीक्षण गर्न माग गरे । उनले आफूले जीवनमा मदिरा सेवन गरेको प्रमाणित भए सांसद पदबाट राजीनामा दिने घोषणा गरे । ‘माथि खाइ न पाइ छालाको टोपी लाई भन्ने उखान चरितार्थ भएको छ । ममाथि गम्भीर किसिमका आरोपहरू लगाइएका छन् । रक्सी खाएर जे मन लाग्यो त्यही बोल्यो, अश्लील भिडियोहरू आए भन्ने आरोप लगाइएको छ,’ उनले भने । शाहीले प्रतिनिधिसभाको रोस्ट्रममा उभिएर आफूले देश र संसदलाई साक्षी राख्दै स्वास्थ्य परीक्षणका लागि अपिल गरेको बताए । ‘यही संसदमा स्वास्थ्य विभाग छ ।स्वास्थ्यकर्मीसहितको विभागको टोली छ । चिकित्सकको टोलीबाट शरीरको प्रत्येक अंग जाँच गरियोस् । मेरो रगतदेखि छालासम्म परीक्षण गरियोस् । जन्मेदेखि अहिलेसम्म मदिराको एक थोपा मात्रै मेरो शरीरमा कतै प्रयोग भएको वा देखिएको प्रमाणित भयो भने म सांसद पदबाट राजीनामा दिन तयार भएर बस्छु,’ उनले भने । उनले आफूविरुद्ध आरोप लगाउने तथा सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने व्यक्तिहरूको समेत स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए । शाहीले सामाजिक सञ्जालमा भेटिएको अर्कै व्यक्तिको अश्लील भिडियोलाई आफ्नो भन्दै प्रचार गरिएको दाबी गरे । उक्त भिडियो आफ्नो भएको प्रमाणित भए आफूले राजनीतिक जीवनबाटै संन्यास लिने घोषणा गरे ।

‘सामाजिक सञ्जालमा भेटिएको कुनै अमुक अर्कै व्यक्तिको अश्लील भिडियो ल्याएर यो ज्ञानेन्द्र शाही हो भन्दै प्रचार गर्नेहरूसम्बन्धी कुरा हो । सम्माननीय सभामुख महोदय, म तपाईंको संसदको सदस्य हुँ । संसदको गरिमा र मर्यादा कायम गर्नु मेरो कर्तव्य हो । तपाईं मेरो अभिभावक हुनुहुन्छ,’ उनले भने । उनले उक्त भिडियो आफ्नो भए अनुसन्धानबाट प्रमाणित गर्न चुनौती दिँदै आफू राजनीतिक जीवनबाट संन्यास लिन तयार रहेको बताए । ‘उक्त भिडियो यदि मेरो हो भने जाँच गरियोस्, म राजनीतिक जीवनबाट संन्यास लिन्छु,’ उनले भने । तर, भिडियो आफ्नो नभएको अवस्थामा गलत सूचना फैलाउने व्यक्तिमाथि प्रहरीले कारबाही गर्नुपर्ने उनको माग छ । यस विषयमा प्रहरीमा निवेदनसमेत दिइसकेको उनले जानकारी दिए । ‘यदि त्यो भिडियो मेरो होइन, गलत सूचना दिइयो भने प्रहरीले कारबाही किन गरेको छैन ? सरकारले त्यस्ता व्यक्तिलाई कारबाही किन गरेको छैन ? यसको जवाफ माग्छु म । किनभने प्रहरीलाई निवेदन दिइसकेका छौँ,’ शाहीले भने । उनले सामाजिक सञ्जालमा फैलाइएका आरोप र सामग्रीका कारण आफ्नो चरित्र तथा राजनीतिक प्रतिष्ठामाथि प्रश्न उठाइएको भन्दै त्यसको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्