कोशी ग्याँसको सिलिण्डरमा कम तौल भेटिएपछि २ लाख ९० हजार रुपैयाँ जरिवाना

<span class='c1'>कोशी ग्याँसको सिलिण्डरमा कम तौल भेटिएपछि</span> <span class='c2'>२ लाख ९० हजार रुपैयाँ जरिवाना</span>

विराटनगर । एलपी ग्याँसको वितरण प्रणालीमा अनियमितता र उपभोक्ता हितविपरीतका गतिविधि भएको पाइएपछि जिल्ला प्रशासन कार्यालय मोरङले कारबाही प्रक्रिया अघि बढाएको छ । बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि प्रशासनले विभिन्न ग्याँस व्यवसायी तथा उद्योगमाथि कारबाही थालेको हो।

गत शनिबार साउन बुढीगंगा गाउँपालिका–४ स्थित कोशी ग्याँस उद्योग प्रालिमा गरिएको अनुगमनका क्रममा अत्यावश्यक सेवाअन्तर्गत रहेको ग्याँस उद्योग सञ्चालनमा नरहेको पाइएको प्रशासनले जनाएको छ । अनुगमनका क्रममा उद्योग परिसरमा रहेका रिफिल गरिएका १४३ वटा सिलिण्डरमध्ये ६४ वटाको तौल परीक्षण गरिएको थियो। परीक्षण गर्दा एउटा सिलिण्डरमा १३.७४५ किलोग्राम मात्रै ग्याँस रहेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। तोकिएको तौलभन्दा कम ग्याँस रहेको पाइएपछि उद्योगलाई तत्काल २ लाख ९० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

बाँकी ६३ वटा सिलिण्डरको समेत तौल परीक्षण गर्दा औसत तौल १४.१८५ किलोग्राम मात्र रहेको पाइएको प्रशासनले जनाएको छ । ती सिलिण्डरको विषयमा समेत प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ । यसैगरी, उद्योगमा रहेका खाली सिलिण्डरको तौल परीक्षण गर्दा केही सिलिण्डर तोकिएको तौलभन्दा १०० देखि १५० ग्रामसम्म बढी तौलका भेटिएका छन् । खाली सिलिण्डरको तौलसमेत परीक्षण गर्दा कैफियत देखिएपछि उद्योगबाट उत्पादन तथा वितरण भएका अधिकांश सिलिण्डरमा कम तौलको ग्याँस राखेर बिक्री वितरण भएको हुनसक्ने भन्दै प्रशासनले थप कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

अनुगमनका क्रममा नियामक निकायले कैफियत भेटिएपछि उपभोक्ता संरक्षण ऐन तथा प्रचलित कानूनअनुसार कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोईरालाले जानकारी दिए । प्रशासनले एलपी ग्याँस अत्यावश्यक सेवामा पर्ने भएकाले यसको आपूर्ति, वितरण तथा तौलमा उपभोक्ता ठगिने अवस्था हुन नदिन नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ । त्यसैगरी साउन १७ गते गरिएको बजार अनुगमनका क्रममा विराटनगर महानगरपालिका–७ स्थित श्रीकृष्ण ट्रेडर्सले जाँचबुझ तथा निरीक्षण कार्यमा सहयोग नगरेको पाइएपछि ११ हजार रुपैयाँ जरिवाना गरिएको प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्