विराटनगर । लागुपदार्थको अवैध ओसारपसार, कारोबारमा कोशी प्रदेश ट्रान्जिट बन्दै गएको छ । यसको कारोबार र ओसार पसारको अवस्थाले सामाजिक रुपमा डरलाग्दो चित्र प्रस्तुत गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयका डिआईजी शेखर खनालले मंगलबार पत्रकारसँग राखेको अन्तरक्रिया तथा गतवर्षको प्रगति विवरण सार्वजनिक गरेको छ ।
सार्वजानिक गरेको तथ्यांकले खैरो हिरोइन (ब्राउन सुगर) को अवैध कारोबार अधिक देखिएको छ । लागुऔषधको यो कारोबारले सामाजिक रुपमा धेरै असर पर्ने प्रहरीको बुझाई छ । प्रहरीले सुरक्षा चुनौतीमा लागुऔषधको बढ्दो कारोबार, ओसारपसार र सेवनलाई मानेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयले सार्वजानिक गरेको तथ्यांक अनुसार २०८२÷०८३ मा मात्रै १० किलो ब्राउन सुगर बरामद भएको छ । अघिल्लो वर्ष २०८१÷०८२ मा पाँच किलो र त्यो भन्दा अघिल्लो वर्ष ३ किलो ब्राउन सुगर बरामद गरेको थियो ।
विगतमा एम्पुल (सुई) र ट्याब्लेट अर्थात लागुऔषध प्रयोगकर्ताहरुको संख्या उल्लेख्य हुने गरेको थियो । प्रहरीले बरामद गर्ने वस्तु र पक्राउ पर्ने व्यक्तिका आधारमा त्यस्ता लागुऔषधको प्रयोग घट्दै गएको र ब्राउन सुगर अर्थात लागुपदार्थका प्रयोगकर्ताहरु बढ्दै गएको तथ्यांक प्रस्तुत गरेको हो ।
कोशी प्रदेश प्रहरीका अनुसार तनि वर्षअघि प्रहरीले १० हजार थान भन्दा बढी एम्पुल लागुऔषध बरामद गरेको थियो भने त्यो दुई वर्षअघि घटेर ५ हजार एम्पुलमा झरेको थियो । गतवर्ष सुईबाट प्रयोग हुने लागुऔषध बरामदीको अवस्था अझै घटेर दुई हजार ४९ एम्पुलमा झरेको छ । तर, जेनजी आन्दोलनपछि सीमा वारपार गर्नेमा प्रहरीको निगरानी कमजोर हुँदा लागुऔषध बरामद घटेको हुनसक्छ ।
यस्तै गरेर लागुऔषधतर्फ नै ट्याब्लेटजन्य वस्तुको बरामदी पनि विस्तारै घट्दो क्रममा रहेको पाइएको छ । तीन वर्षअघि ८ लाख ४३ हजार ट्ब्लेट बरामद भएकोमा दुई वर्षअघि ७ लाख ५० हजार र गतवर्ष ७ लाख ४४ हजार ट्याब्लेट बरामद भएको थियो ।
प्रहरीले गाँजा नियन्त्रण गर्ने त्रममा गत वर्ष २७ हजार किलो भन्दा बढी बरामद गरी नष्ट गरेको जनाएको छ ।लागुऔषध मुद्दामा गत वर्ष मात्र २ हजार ७ जना प्रतिवादीहरू पक्राउ परेका थिए । त्यसबाहेक ६० जना अझै फरार रहेका छन् । कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले लागुऔषध नियन्त्रणलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राखेको बताएका छन् ।
पछिल्ला तीन आर्थिक वर्ष २०८०÷२०८१ देखि २०८२÷२०८३ सम्म क्रमशः
गाँजा (किलोग्राम)
१०,४२० केजी ४९ ग्राम ४६१ मि.ग्राम
२६,७०५ केजी ५३८ ग्राम ९७ मि.ग्राम
२७,६९३ केजी ५३८ ग्राम ९७ मि.ग्राम
२
चरेश (किलोग्राम)
८६ ग्राम १८० मि.ग्राम
३ ग्राम ५८८ मि.ग्राम
१४५ ग्राम १४० मि.ग्राम
३.
अफिम
१५ ग्राम ५८८ मि.ग्राम(
४.
ब्राउन सुगर
३ केजी ८८९ ग्राम ३४९ मि.ग्राम
५ केजी ४८९ ग्राम ८९८ मि.ग्राम
१० केजी ३८७ ग्राम ५३१ मि.ग्राम
५.
बिभिन्न मनोद्विपक चक्की (क्याप्सुल)
७८,३३८
६,१५,०७९
७,४४,४५७
६.
बिभिन्न मनोद्विपक सुई (एम्पुल)
७,३८७
२,६५४
२,०४९
७.
अन्य बिभिन्न मनोद्विपक औषधिहरू
२३६
१०९
४०