पेट्रोल र ग्यासको कालोबजारी गरेमा लाइसेन्स खारेज हुने

<span class='c1'>पेट्रोल र ग्यासको कालोबजारी</span> <span class='c2'>गरेमा लाइसेन्स खारेज हुने</span>

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थ तथा ग्यासको कालोबजारी गर्ने पेट्रोलपम्प, ढुवानी गर्ने ट्याङ्कर र ग्यास डिलरको इजाजतपत्र (लाइसेन्स) खारेज गर्नेसम्मको कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा आयोजना गरिएको ‘अत्यावश्यक दैनिक खाद्यवस्तुको सहज आपूर्ति व्यवस्थापनबारे सरोकारवाला निकायसँगको छलफल’ कार्यक्रममा समिति सभापति रहबर अन्सारीले कालोबजारीमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याएर अधिकतम कारबाही गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको हो।

सभापति अन्सारीले पेट्रोलियम पदार्थसम्बन्धी छुट्टै ऐन तथा कालोबजारी नियन्त्रणसम्बन्धी विधेयक तयार पार्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई आवश्यक तयारी अघि बढाउन निर्देश गरे। समितिमा सरोकारवाला निकायलाई बोलाएर छलफल गरेपछि क्षेत्रगत सुधारका कामहरू भइरहेको उनले बताए।

यसैगरी, होटल तथा रेस्टुरेन्टहरूमा पाम तेलमा हानिकारक रासायनिक पदार्थ मिसावट गर्ने प्रवृत्ति देखिएको भन्दै सभापति अन्सारीले त्यसलाई तत्काल नियन्त्रण गर्न र प्रभावकारी अनुगमन गर्नसमेत सम्बद्ध निकायहरूलाई निर्देशन दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्