कांग्रेस नफुट्ने कान्छाराम तामाङको दाबी

<span class='c1'>कांग्रेस नफुट्ने कान्छाराम</span> <span class='c2'>तामाङको दाबी</span>

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ (कान्छाराम) ले शेरबहादुर देउवाको टिम एकजुट रहेको बताए ।

देउवाका आगमनमा स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका तामाङले सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस नफुट्ने र पार्टीभित्रको एकता कायम रहने बताएका हुन् । उनले कांग्रेसको संस्थापक नेता बीपी कोइरालाको विचार र विरासत आफूहरूसँगै रहेको दाबी गरे । उनले पार्टीको वास्तविक शक्ति कांग्रेस नै भएको बताए ।

उनले विधानअनुसार विशेष महाधिवेशनका लागि केन्द्रीय समितिले निर्णय गरी पारित गर्नुपर्ने भए पनि त्यसो नभएको दाबी गरे । गगन थापाले कांग्रेस सभापतिको पद ‘लुटेर लगेको’ आरोप लगाउँदै तामाङले त्यसलाई विधानसम्मत प्रक्रिया नभएको संकेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्