विराटनगर महानगरपालिका भयो , बुढिगंगा र जहदाका केहि भाग गाभियो

<span class='c1'>विराटनगर महानगरपालिका भयो , बुढिगंगा</span> <span class='c2'>र जहदाका केहि भाग गाभियो</span>

वीरगञ्जसँगै बिराटनगर उपमहानगरपालिका अबदेखि महानगर हुने निर्णय सरकारले गरेको छ । आज सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको नेतृत्वको कार्यदलको प्रस्ताव अनुसार स्थानीय तहको संख्या बढाउने निर्णय गरेको हो । उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको नेतृत्वको कार्यदलले मधेसी मोर्चाका नेताहरुसँग पनि छलफल गरेर तयार पारेकाे प्रतिवेदन अनुसार उक्त प्रस्ताव सरकारले अघि सारेकाे थियाे ।
विराटनगरलाई महानगर बनाउन बुढीगंगा गाउँपालिकाको वडा नम्बर १, २ र ३ (साविकको टंकीसिनवारी गाविस) तथा जहदा गाउँपालिकाको एक वडालाई गाभिएको छ ।
निर्वाचन अायाेगले भने दाेश्राे चरणकाे चुनाव अघि स्थानिय तहकाे संख्या हेरफेर गर्न नसकिने बताएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्