पर्यटन अर्थतन्त्रको मेरुदण्ड, नाटाको भूमिका महत्वपूर्ण : सभामुख अर्याल

<span class='c1'>पर्यटन अर्थतन्त्रको मेरुदण्ड, नाटाको भूमिका</span> <span class='c2'>महत्वपूर्ण : सभामुख अर्याल</span>

काठमाडौं । सभामुख डोल प्रसाद अर्यालले पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्ड रहेको बताएका छन् । शुक्रबार नेपाल टुर एण्ड ट्राभल एजेन्ट्स संघ (नाटा) को ५९औँ वार्षिक साधारण सभामा बोल्दै उनले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र आतिथ्य सत्कारलाई विश्व बजारमा प्रभावकारी रूपमा प्रवद्र्धन गर्न पर्यटन व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले भने, ‘पर्यटन देशको अर्थतन्त्रको मेरुदण्ड हो । अथाह प्राकृतिक सैन्र्दय, बहुमूल्य सांस्कृतिक सम्पदा र विश्वमै अदितीय मानिने हाम्रो आतिथ्य सत्कारले विश्वसामु चिनाउँछ । पर्यटन व्यवसायीहरूले विशेष भूमिका निर्वाह गर्दै आइरहेका छन् ।’पर्यटन व्यवसायीले मुलुकका लागि राजदूतको भूमिका निर्वाह गरिरहेको बताउँदै उनले नाटाले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए । उनले पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन गर्नुका साथै लाखौँ युवाका लागि स्वदेशमै रोजगारी सिर्जना गर्ने सम्भावना बोकेको बताए ।

राष्ट्रको अर्थतन्त्रलाई चलायमान बनाउन पर्यटन व्यवसायी तथा नाटामा आबद्ध संस्थाहरूले पु¥याएको योगदान राष्ट्रिय विकासको महत्वपूर्ण हिस्सा रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्