काठमाडौंका ७ स्थानबाट हुँदैछ आज एलपी ग्यास बिक्री

<span class='c1'>काठमाडौंका ७ स्थानबाट हुँदैछ</span> <span class='c2'>आज एलपी ग्यास बिक्री</span>

काठमाडौं । नेपाल आयल निगमको समन्वयमा आइतबार काठमाडौं उपत्यकाका विभिन्न ७ स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री गरिने भएको छ । निगमका अनुसार अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी ग्यास बिक्रीको व्यवस्था मिलाइएको हो । ग्यास किन्नका लागि उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ ।

आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ग्यास बिक्री हुने स्थानहरूमा टेकुस्थित नेपाल आयल निगमको कार्यालय परिसर, पशु सेवा शाखा चपली, राधास्वामी कीर्तिपुर, तारकेश्वर नगरपालिका परिसर, नयाँबजारस्थित जुडो हल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी रहेका छन् । निगमले ती स्थानमा विभिन्न ग्यास उद्योगबाट सिलिन्डर उपलब्ध गराइने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्