झापाको बिर्तामोडमा ५२८ ग्राम गाँजासहित महिला पक्राउ

<span class='c1'>झापाको बिर्तामोडमा ५२८ ग्राम</span> <span class='c2'>गाँजासहित महिला पक्राउ</span>

झापा । झापाको बिर्तामोड नगरपालिका–६ स्यालडाँगीबाट प्रहरीले ५२८ ग्राम लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड–६ स्यालडाँगीकी ३६ वर्षीया गीता महतो रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवालेका अनुसार महतोको घरमा लागूऔषध गाँजा बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बुधबार राति प्रहरी टोलीले उनको घरमा जाँच गरेको थियो । इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी जवान मनिष धिमाल तथा अस्थायी प्रहरी चौकी बुट्टाबारीबाट प्रहरी सहायक निरीक्षक नवराज आचार्यको संयुक्त टोलीले राति करिब ८ः५० बजे महतोको घरमा जाँच गर्दा कोठाभित्र लुकाइछिपाइ राखिएको गाँजाजस्तो देखिने पदार्थ फेला पारेको थियो । प्रहरीका अनुसार बरामद पदार्थलाई मान्यताप्राप्त डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ६०९ ग्राम र प्लास्टिकबाहेक ५२८ ग्राम रहेको थियो ।

बरामद लागूऔषधसहित महतोलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता अवालेले बताए । प्रहरीले पछिल्लो समय झापाका विभिन्न स्थानमा लागूऔषधको अवैध कारोबार तथा ओसारपसार नियन्त्रणका लागि निगरानी र कारबाही तीव्र बनाउँदै आएको छ । नेपाल प्रहरीको अपराध अनुसन्धानसम्बन्धी अभिलेखमा समेत झापामा गाँजा तथा अन्य लागूऔषधसम्बन्धी घटनामा नियन्त्रण तथा अनुसन्धानका विवरण सार्वजनिक हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्