उपरथी पहाडी र महासेनानी आचार्यलाई दज्र्यानी चिन्ह प्रदान

<span class='c1'>उपरथी पहाडी र महासेनानी</span> <span class='c2'>आचार्यलाई दज्र्यानी चिन्ह प्रदान</span>

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले पदोन्नति भएका उपरथी विश्ववन्धु पहाडी र प्राविधिक महासेनानी डा. ईन्दिरा आचार्यलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

जंगी अड्डामा आज आयोजित विशेष समारोहमा प्रधान सेनापति सिग्देलले गत साउन २६ गतेदेखि उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी विश्ववन्धु पहाडीलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । सोही अवसरमा प्राविधिक महासेनानी दर्जामा पदोन्नति भएकी प्रमुख सेनानी डा. ईन्दिरा आचार्यलाई पनि प्रधान सेनापति सिग्देलले दज्र्यानी चिन्ह प्रदान गरे ।

समारोहमा बलाधिकृत, रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो । पदोन्नति भएका रथीवृन्द तथा अधिकृतका परिवारजनसमेत कार्यक्रममा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्