पाँच हजार ३०० मिटर उचाइबाट ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक

<span class='c1'>पाँच हजार ३०० मिटर उचाइबाट ताप्लेजुङ</span> <span class='c2'>गोल्ड कपको खेल तालिका सार्वजनिक</span>

ताप्लेजुङ । समुद्र सतह देखि हजार ३०० मिटर सचाइबाट अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक गरेको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ताप्लेजुङको पर्यटकीय क्षेत्र साम्पदो डाँडाबाट खेल तालिका सार्वजनिक गरिएको हो ।

आगामी भदौ १२ गतेबाट सञ्चालन हुने चौथो संस्करणको प्रतियोगिता आयोजना हुन लागेको छ । लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार फक्ताङलुङ गाउँपालिकाको पाँच हजार तीन सय मिटरको उचाइमा रहेको स्याम्दो ताल, ४ हजार ७०० मिटरको उचाइमा रहेको सिङजेमा ताल, ओलाङचुङगोलामा अवस्थित ऐतिहासिक ८०० वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा, मिक्वाखोला गाउँपालिकाको पर्यटकीय क्षेत्र लोदेन लगायतका क्षेत्रबाट एक साथ खेल तालिका सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको तालिका अनुसार उद्घाटन खेलमा आयोजक ताप्लेजुङ ११ र जर्जियन युनाइटेड फुटबल क्लब भारतबिच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै भदौ १३ गतेको हुने क्वार्टर फाइनलको दोस्रो खेलमा चित्लाङ फुटबल क्लब र फिदिम स्पोर्टिङ क्लबबिच प्रतिस्प्रधा हुने छ ।

तालिका अनुसार भदौ १४ गते हुने तेस्रो खेलमा सात दोबाटे फुटबल क्लब र गत वर्षको विजेता सलहेश युवा क्लबबिच खेल हुने भएको छ । यस्तै क्वाटर फाइनल चरणको अन्तिम खेलमा झापा ११ फुटबल क्लब र नेपाल पुलिस क्लबबिच खेल हुनेछ । सेमिफाइनल चरणका खेलहरू भदौ १६ र १७ गते तथा फाइनल खेल भदौ १९ गते हुनेछ ।

समितिले क्वाटर फाइनल चरणका चार ओटा खेलका लागि नगद २०० रुपियाँ, सेमिफाइनल चरणका लागि तीन सय र फाइनलका लागि पाँच सय रुपियाँ टिकट दर निर्धारण गरेको छ । यस वर्षको प्रतियोगिताको विजेताले नगद सात लाख दुई हजार त्रियासी रुपियाँ र उपविजेताले नगद तीन लाख बाहुन्न हजार त्रियासी रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटर साइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडी र हरेक दिनको म्यान अफ दि म्याच खेलाडीलाई समेत नगद पुरस्कार ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्