आजदेखि प्रदर्शनमा आयो ‘मास्टर्नी’

<span class='c1'>आजदेखि प्रदर्शनमा</span> <span class='c2'>आयो ‘मास्टर्नी’</span>

काठमाडौं । आज (शुक्रबार) देखि फिल्म ‘मास्टर्नी’ प्रदर्शनमा आएको छ । आयंका फिल्म्सको प्रस्तुतीमा तयार भएको फिल्म भदौ ५ अर्थात आजदेखि प्रदर्शनमा आएको हो ।

आमा र छोरीको भावनात्मक सम्बन्ध र छोरीको रक्षाका लागि आमाले के सम्म गर्न सक्छिन् भन्ने कथामा तयार भएको फिल्म हो । प्रियंका कार्की, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापा, दिपकराज गिरि, दिपाश्री निरौला लगायतका कलाकारको अभिनय फिल्ममा रहेको छ । सुवेन्दु घोषले निर्देशन गरेकोफिल्मलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका छन् । सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार कार्यकारी निर्माता रहेको फिल्मको कथा प्रियंकाले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्