बालेन सरकार पाँच वर्ष टिक्दैन, ‘बाकस साटेर’ बहुमत देखाइएको ओलीको दाबी

<span class='c1'>बालेन सरकार पाँच वर्ष टिक्दैन, ‘बाकस</span> <span class='c2'>साटेर’ बहुमत देखाइएको ओलीको दाबी</span>

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार पाँच वर्ष कुनै हालतमा टिक्न नसक्ने दाबी गर्नुभएको छ।

शनिबार भक्तपुरको नगरकोटमा सुरु भएको एमाले बागमती प्रदेश ‘जनसंगठन समन्वय संयन्त्र कार्यशाला’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अराजकता र विदेशी शक्तिको आडभरोसामा बनेको सरकारलाई देश जिम्मा लगाएर बस्न नसकिने बताउनुभयो।

उहाँले चुनावमा जनतालाई तर्साएर, थर्काएर तथा मतपेटिका साटेर बहुमत ल्याएको देखाइएको आरोपसमेत लगाउनुभयो।

ओलीले भन्नुभयो, “हाटहुट, लाटलुट, जनतालाई तर्साएर, थर्काएर, बोल्न नसक्ने बनाएर र बाकस साटेर बहुमत ल्याएको देखाइयो। यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन। बहुमत आयो भन्दैमा जनताले पाँच वर्ष लुटमार गर्न दिएका होइनन्।”

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भोट दिएर बहुमत बनाएकोमा अहिले जनताले पश्चात्ताप गरिरहेको दाबी गर्नुभयो। सरकारको स्वेच्छाचारिताविरुद्ध जनता आफैं आन्दोलित हुनुपर्ने भन्दै उहाँले पार्टीपंक्तिलाई आन्दोलनका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभयो।

वर्तमान सरकारका कारण मुलुकमा लोकतन्त्र अपहरित भएको र संविधान मिचिएको जिकिर गर्दै ओलीले अपहरित लोकतन्त्र फिर्ता ल्याउनुपर्ने बताउनुभयो। आफूहरू दरबार हटाएर गणतन्त्र स्थापना गर्ने शक्ति भएकाले कसैसँग नडराउने उहाँको भनाइ थियो।

“यो कुन शक्तिको आडभरोसामा चलेको छ, हामीलाई मतलब छैन। यी तत्त्वहरूसँग हामी डराउँदैनौं,” ओलीले भन्नुभयो।

सरकार र उसका समर्थकहरूले सामाजिक सञ्जालमार्फत समेत त्रासको वातावरण सिर्जना गरेको आरोप उहाँले लगाउनुभयो। सामाजिक सञ्जालमा सत्य कुरा लेख्दा समेत गालीगलौज र आक्रमण हुने गरेको भन्दै ओलीले नेता तथा कार्यकर्तालाई त्यस्ता गतिविधिबाट नडराउन आग्रह गर्नुभयो।

उहाँले सत्य, जनता र जनजीविकाका पक्षमा खुलेर आवाज उठाउन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो।

एमाले बागमती प्रदेश जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित दुईदिने कार्यशालामा पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्