कोशी प्रदेश टेबल टेनिस संघको अध्यक्षमा राजेशमान श्रेष्ठ निर्विरोध निर्वाचित

<span class='c1'>कोशी प्रदेश टेबल टेनिस संघको</span> <span class='c2'>अध्यक्षमा राजेशमान श्रेष्ठ निर्विरोध निर्वाचित</span>

विराटनगर । कोशी प्रदेश टेबल टेनिस संघको अध्यक्षमा राजेशमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। विराटनगरमा सम्पन्न संघको प्रथम साधारणसभाले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अभिनायक मल्ल, सचिवमा शरदरत्न पर्थिव र कोषाध्यक्षमा सर्जु थापा देवान चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा सत्यनारायण राजभण्डारी, विपिन तुलाधर, रामबहादुर श्रेष्ठ, सुमित शाह र गौरी मास्के निर्वाचित भएका छन्।

साधारणसभाको उद्घाटन सत्रमा कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष वसन्तराज अर्याल, नेपाल टेबल टेनिस संघका केन्द्रीय अध्यक्ष विजेन्द्र हमाल, केन्द्रीय उपाध्यक्षद्वय अनुज बानियाँ र मनोहर पोखरेल तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य प्रवीण कार्कीलगायतले शुभकामना मन्तव्य दिएका थिए। उनीहरूले कोशी प्रदेशमा टेबल टेनिस खेलको व्यावसायिक विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा खेल क्षेत्रको संस्थागत विकासमा नयाँ कार्यसमितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। साधारणसभाका अवसरमा टेबल टेनिसका पूर्वराष्ट्रिय खेलाडी राजेश लोहनीलाई सम्मानसमेत गरिएको थियो।

यसैबीच, नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले संघको संरचना विस्तार र संस्थागत विकासका लागि विभिन्न निर्णय गरेको छ। बैठकले प्रदेश उपाध्यक्षमा सन्तोष अग्रवाललाई मनोनीत गरेको छ भने डा. मनोज लाखे र ध्रुव क्षेत्रीलाई सल्लाहकारमा चयन गरेको छ। बैठकले कोशी प्रदेशका बाँकी जिल्लामा समेत टेबल टेनिस संघ विस्तार गर्ने तथा संघलाई कोशी प्रदेश खेलकुद विकास बोर्डमा विधिवत् दर्ता गर्ने निर्णय गरेको नवनिर्वाचित अध्यक्ष राजेशमान श्रेष्ठले जानकारी दिए। नयाँ कार्यसमितिले प्रदेशमा टेबल टेनिसको विकास, खेलाडी उत्पादन तथा प्रतियोगिताको विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्