विराटनगर । मोरङको धनपालथान गाउँपालिका–६ दादरबैरिया चौकस्थित नाइस बिर्यानी होटलमा आइतबार दुई सयजना सर्वसाधारण भेला भए । भेलामा उनीहरुले अर्बिट डिजिटल सोलुसन प्रा.लि.को चिठ्ठा कार्ड रहेको थियो । सर्वसाधारणले १ देखि २३ किस्तासम्म पैसा जम्मा गरेपछि २४ औं किस्तामा यसको चिठ्ठा खोल्ने गरिन्छ । जसका लागि प्रतिकिस्ता एकहजार २०० का दरले सर्वसाधारणले पैसा जम्मा गर्दछन् ।
अर्बिट सोलुसनका सञ्चालक सुभास मण्डलले आइतबार चिठ्ठा खोल्ने जानकारी दिएपछि आएकाहरु भने रिक्तो हात फर्किए । नाइस बिर्यानी होटल परिसरमा खचाखच भरिएकाले नाराबाजी गरे । सञ्चालक मण्डलका अनुसार २४ हजार मूल्य बराबरको टिभी उपलब्ध गराउनका लागि कार्यक्रम आयोजना गरिएपनि चिठ्ठा खोल्ने ठाउँ नै साँघुरो भयो । उनले भने आजलाई चिठ्ठा खोल्न सकिएन, ठाउँ नै साँघुरो भयो । मण्डलले आफ्ना ४ सय जति सदस्य रहेको जानकारी दिएका छन् । उनले भने–चारसय जति सदस्य रहेका छन्, अब आज चाँहि टिभी उपलब्ध गराउन सकिएन ।
सर्वसाधारण भने जहदा, धनपालथान र रंगेलीसम्मका भेला भएका थिए । त्यहाँ गएकाहरु भने रिक्तो हात फर्किएका हुन् । सर्वसाधारणलाई सामान पाउने लोभमा रकम असुलेर सञ्चालकले बद्मासी गरेको देखिएको छ । २३ किस्तासम्म २७ हजार ६०० रुपैँया रकम जम्मा गरिसकेका थिए । अब २४ मा बुझाउँदा थप एक हजार २०० बुझाउनु पर्दछ । जबकी टिभीको मूल्य भने २४ हजार मात्रै पर्ने दिइएको थियो । सञ्चालक मण्डलका अनुसार चारसय सदस्यबाट २७ हजार ६०० रकम असुलिसकिएको छ । त्यो भनेको ११ करोड भन्दा बढी हो ।
मोरङका प्रहरी उपरीक्षक कबित कटुवालले यो विषयमा जानकारी लिने काम भइरहेको बताएका छन् । उनले यसका सञ्चालक र उनले गरेका कारोबारको अवस्था बुझ्ने काम थालिसकेको बताएका छन् ।