कैलाली बस दुर्घटना प्रकरण : दोषीमाथि कडा कारबाही गर्न सांसद महरको माग

<span class='c1'>कैलाली बस दुर्घटना प्रकरण : दोषीमाथि</span> <span class='c2'>कडा कारबाही गर्न सांसद महरको माग</span>

काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महरले शनिबार साँझ करिब ४ः४५ बजे कैलालीको गोदावरी नगरपालिका–२ नजिकै महाकाली यातायातको गाडीले बझाङको मष्ट गाउँपालिका–६ की सिङ्की बोहरालाई ठक्कर दिएको बताए । उनका अनुसार ठक्करबाट सामान्य घाइते भएकी बोहरालाई गाडीले ब्याक गरेर पुनः ठक्कर दिँइ घटनास्थलमै मृत्यु भएको हो । घटनापछि मृतकका आफन्तहरू घटनास्थलमा जम्मा भएर विरोध जनाउँदा प्रहरीले गाडीमाथि कानुनी कारबाही गर्नुको सट्टा शवलाई जबर्जस्ती उठाएर लगेको बताए । सो क्रममा प्रहरीले लाठी प्रहार गर्दा मृतकका श्रीमान्को टाउकोमा चोट लागेको उनले बताए ।

उनले घटनापछि भएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गर्दा केही व्यक्ति घाइते भएको बताए । घाइतेमध्ये केहीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको उल्लेख गरे । प्रहरीले कति पयलाई लाठी लानेर घाइते बताएको छ । र अस्पतालमा भर्ना भएका छन् । उनको बालबचाको विजोक भएको छ । सांसद महरले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाही गर्न माग गरे । सार्वजनिक यातायात क्षेत्रमा देखिएको लापरबाही, गैरजिम्मेवारी र अराजकता नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्