भोली विराटनगर आउँदै ‘मास्टर्नी’ फेम प्रियंका कार्की , ४० जना इन्फ्लुएन्सरसँग भेटघाट

<span class='c1'>भोली विराटनगर आउँदै ‘मास्टर्नी’ फेम प्रियंका</span> <span class='c2'>कार्की , ४० जना इन्फ्लुएन्सरसँग भेटघाट</span>

विराटनगर । नेपाली चलचित्र ‘मास्टर्नी’ को विशेष प्रचार–प्रसारका लागि अभिनेत्री तथा निर्मात्री प्रियंका कार्की भोलि भदौ ९ गते मंगलबार विराटनगर आउने भएकी छन् ।

चलचित्र प्रवद्र्धन कार्यक्रमअन्तर्गत अभिनेत्री कार्कीले पूर्व क्षेत्रका करिब ४० जना चर्चित सामाजिक सञ्जाल इन्फ्लुएन्सरसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ। विराटनगरस्थित ‘जेस्टी लाउन्ज’ मा आयोजना हुने कार्यक्रममा चलचित्रको विषयवस्तु, निर्माण पक्ष तथा प्रचार–प्रसारका विषयमा छलफल हुने जनाइएको छ। इन्फ्लुएन्सरसँगको अन्तरक्रियापछि विराटनगरस्थित ‘सिटी सिनेमा’ मा चलचित्र ‘मास्टर्नी’ को विशेष शोसमेत आयोजना गरिने भएको छ। विशेष शोमा अभिनेत्री कार्की दर्शक तथा स्थानीय कलाकारसँगै बसेर चलचित्र हेर्ने र उनीहरूको प्रतिक्रिया लिने कार्यक्रम रहेको व्यवस्थापक तथा मोडल साजिद आलमले जानकारी दिए।

चलचित्र ‘मास्टर्नी’ भदौ ५ गते शुक्रबारदेखि मुलुकभरका हलमा प्रदर्शन भइरहेको छ। चलचित्रको प्रचार–प्रसारलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्कीले पूर्वी नेपालका विभिन्न स्थानमा दर्शक तथा सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरूसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम अघि बढाइएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्