मधेश प्रदेश सरकारद्वारा आठवटै जिल्लाका प्रहरी कार्यालयलाई पिकअप हस्तान्तरण

<span class='c1'>मधेश प्रदेश सरकारद्वारा आठवटै जिल्लाका</span> <span class='c2'>प्रहरी कार्यालयलाई पिकअप हस्तान्तरण</span>

जनकपुर । मधेश प्रदेश सरकार अन्तर्गतको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मधेश प्रदेशका आठवटै जिल्लाका जिल्ला प्रहरी कार्यालयलाई पिकअप सवारी साधन हस्तान्तरण गरेको छ ।

मधेश प्रदेशका आठवटै जिल्लाका जिल्ला प्रहरी कार्यालयलाई एक /एक वटा साथै सर्लाही, रौतहट, चन्द्रपुर र गरुडा ईलाका प्रहरी कार्यालयलाई थप एक/एक वटा गरी जम्मा १२ वटा पिकअप प्रहरी भ्यान हस्तान्तरण गरिएको छ । हस्तान्तरण गरिएको पिकअप भ्यानमा अपर इमरजेन्सी लाईट, साइरन, सेफ्टि बक्स किट, टुलबक्स, ट्राफिक लाईट हाइलाइटर स्टिक पनि समावेश रहेको छ । प्रदेश सरकारले प्रत्येक वर्ष प्रदेशभरीका सुरक्षा निकायका निम्त बजेट छ्ट्याउने गरेको छ । यस वर्ष प्रति पिकअप ३९ लाख ५ हजार रुपैयाँको रकम छुट्याइएको थियो ।अबको केही दिन पछि गृहमन्त्रालयकै तर्फबाट प्रदेशभरिका सस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई ७० वटा मोटरसाईकल हस्तान्तरण गर्ने गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले जानकारी दिए ।

उनले प्रदेश सरकार सुरक्षा निकायलाई चुस्त दुरुस्त बनाउन सदैव साकारात्मक रहेको उल्लेख गर्दै सम्पूर्ण सुरक्षा निकायलाई जनताको सेवालाई प्राथमिकतामा राखेर कार्य गर्न निर्देशन दिए । गृहमन्त्री महतोले आठवटै जिल्लाका प्रहरी प्रमुखलाई मन्त्रालयसंग समन्वय गरेर कार्य गर्न आग्रह गरे । उनले स्रोत साधन वा अन्य कुनै भौतिक वा आर्थिक सहयोगको आवश्यकता भए मन्त्रालयलाई जानकारी गराउन आग्रह गरे । गृहमन्त्री महतोले सुरक्षा व्यवस्थापनका निम्ति आफू र गृहमन्त्रालय २४ घण्टा उपलब्ध रह्ने प्रतिबद्धता जाहेर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्