विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रा, छैन राष्ट्रिय महत्व

<span class='c1'>विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रा,</span> <span class='c2'>छैन राष्ट्रिय महत्व</span>

विराटनगर । विराटनगरको ऐतिहासिक तथा धार्मिक पहिचान बोकेको राधाकृष्ण रथयात्रा यस वर्ष पनि भव्य रूपमा आयोजना हुने भएको छ। प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा यसपटक भदौ २० गते निकालिने भएको हो। विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा ट्राफिक चोक, रोडशेष, राजमार्ग हुँदै बरगाछी र दुर्गाचोकबाट पुनः मन्दिर परिसरमा पुगेर सम्पन्न हुने गर्छ। करिब ९ किलोमिटर लामो रथयात्रामा लाखौँ भक्तजन सहभागी हुने तथा दर्शनका लागि घण्टौँसम्म लाइनमा बस्ने गरेका छन्।

५९ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको राधाकृष्ण रथयात्राले विराटनगरको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचानलाई देश–विदेशमा चिनाउँदै आएको छ। विगतमा सामान्य खाटमा राखेर निकालिने रथयात्रा अहिले विशाल र आकर्षक रथ निर्माण गरी सञ्चालन गरिँदै आएको छ। रथयात्रामा नेपालका विभिन्न स्थानसँगै भारत तथा अन्य मुलुकबाट समेत भक्तजन आउने गरेका छन्। शान्ति, भाइचारा, सद्भाव र धार्मिक आस्थाको प्रतीकका रूपमा स्थापित रथयात्रामा विभिन्न समुदाय तथा संघसंस्थाको महत्वपूर्ण सहयोग रहने गरेको छ।

यद्यपि, यति लामो इतिहास र व्यापक जनसहभागिता रहेको रथयात्राले राष्ट्रियस्तरमा अपेक्षित चर्चा र प्राथमिकता पाउन सकेको छैन । काठमाडौंमा आयोजना हुने विभिन्न धार्मिक तथा सांस्कृतिक यात्रामा राष्ट्रप्रमुख तथा उच्च पदस्थ व्यक्तिहरूको सहभागिता हुने गरे पनि विराटनगरको ऐतिहासिक रथयात्रामा त्यस्तो उपस्थिति कम देखिनु दुःखद भएको विराटनगरवासी भनाइ छ। रथयात्रामा राष्ट्रपति, प्रधानमन्त्रीलगायत राज्यका उच्च पदस्थ व्यक्तिको सहभागिता भए यसले धार्मिक तथा सांस्कृतिक महत्त्व थप बढाउनुका साथै अन्तर्राष्ट्रियस्तरमा समेत विराटनगरको पहिचान प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

राधाकृष्ण मन्दिर समितिका अनुसार यस वर्ष रथयात्राको प्रमुख अतिथिका रूपमा नेपाल सरकारका प्रधानमन्त्री बालेन्द्र शाहलाई निमन्त्रणा पठाइएको छ। प्रधानमन्त्रीको सचिवालयले निमन्त्रणापत्र बुझिसकेको समितिले जनाएको छ। प्रधानमन्त्रीको सहभागिताका लागि समितिले आग्रहसमेत गरेको छ। रथयात्रालाई व्यवस्थित र सुरक्षित बनाउन स्थानीय तथा प्रदेश सरकारसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र अनुसन्धान निकायको सुरक्षा उपस्थिति रहने गर्छ। विभिन्न संघसंस्था तथा सामाजिक संस्थाले समेत रथयात्रा व्यवस्थापनमा सहयोग गर्दै आएका छन्।

ऐतिहासिकता, धार्मिक आस्था र ठूलो जनसहभागिता बोकेको राधाकृष्ण रथयात्रालाई राष्ट्रिय पर्वका रूपमा प्रचार–प्रसार गरी यसको सांस्कृतिक पर्यटनसँग जोड्नुपर्ने आवाजसमेत उठ्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्