मुख्यमन्त्री कार्कीले पाए तेस्रो पटक विश्वासको मत

<span class='c1'>मुख्यमन्त्री कार्कीले पाए तेस्रो</span> <span class='c2'>पटक विश्वासको मत</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्। सोमबार प्रदेशसभामा भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीले पेस गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ५७ मत परेको छ। प्रस्तावको विपक्षमा २२ मत परेको छ भने ४ जना सांसदले मत दिन्नँ भन्ने पक्षमा मतदान गरेका छन्।

९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्नेमा कार्कीले ५७ मत प्राप्त गरेका हुन्। मतदानमा ८३ जना सांसद सहभागी भएका थिए। जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद निर्मला लिम्बू भने बैठकमा अनुपस्थित थिइन्।

मुख्यमन्त्री कार्कीलाई नेकपा (एमाले)का ४० र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का १७ सांसदले विश्वासको मत दिएका हुन्। नेपाली कांग्रेसले गत भदौ ३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिएका हुन्।

प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ बमोजिम विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए।

नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच गत साउन ९ गते भएको तीनबुँदे सहमतिसँगै कोशी प्रदेशमा नयाँ सत्ता समीकरण बनेको हो।

यसअघि दुई पटक विश्वासको मत

मुख्यमन्त्री कार्कीले यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन्। पहिलोपटक २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएपछि उनले वैशाख ३१ गते विश्वासको मत लिएका थिए। त्यसबेला उनले ५७ मत प्राप्त गरेका थिए।

त्यसपछि केन्द्रमा एमाले र माओवादी केन्द्रको गठबन्धन परिवर्तन भई एमाले–कांग्रेस गठबन्धन बनेपछि २०८१ असोज २ गते उनले दोस्रो पटक विश्वासको मत लिएका थिए। उक्त मतदानमा कार्कीको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो।

प्रदेशसभाको अंकगणित

कोशी प्रदेशसभामा नेकपा (एमाले)का ४०, नेपाली कांग्रेसका २९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का १७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सभामुखसहित ५ र जनता समाजवादी पार्टी (जसपा) नेपालका १ जना सांसद छन्।

तेस्रो पटक विश्वासको मत पाएसँगै मुख्यमन्त्री कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई तत्कालका लागि सत्ता निरन्तरताको आधार बलियो भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्