आज प्रतिनिधिसभाको बैठक १ बजे,प्रधानमन्त्री शाह प्रश्नको जवाफ दिने

<span class='c1'>आज प्रतिनिधिसभाको बैठक १ बजे,प्रधानमन्त्री</span> <span class='c2'>शाह प्रश्नको जवाफ दिने</span>

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् । मंगलबार स्थगित भएको प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बोलाइएको छ । उक्त बैठकमा प्रधानमन्त्री शाहले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ ।

प्रधानमन्त्री भएयता शाहले पहिलोपटक नियमानुसार संसदको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन लागेका हुन् । सांसदहरुले लामो समयदेखि उनको खोजी गरिरहेका थिए ।

बैठकमा मुस्लिम आयोगको सातौं वार्षिक प्रतिवेदन, आव २०८१ र ८२ प्रस्तुत गर्ने, नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्