जनता आदर्श बहुमुखी क्याम्पसद्वारा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

<span class='c1'>जनता आदर्श बहुमुखी क्याम्पसद्वारा</span> <span class='c2'>विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण</span>

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय जनता आदर्श बहुमुखी क्याम्पस विराटनगरले स्नातक तह (बि.एड.) मा विशेष आवश्यकता शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । दक्षिण कोरियन सरकारको लुपिक परियोजनाको सहयोगमा सञ्चालित विशेष आवश्यकता शिक्षाका विद्यार्थीहरुलाई क्याम्पसले प्रत्येक वर्षको छात्रवृत्ति रकम एकमुष्ठ वितरण गरेको हो ।
लुपिक परियोजनाका प्रमुख प्राध्यापक डाक्टर जोङले विशेष आवश्यकता शिक्षाका विद्यार्थी तथा प्राध्यापकहरुसँग अन्तक्र्रिया समेत गर्नु भएको छ । अन्तक्र्रियाको क्रममा प्राध्यापक जोङले विशोष आवश्यकता शिक्षा कार्यक्रम चार वर्षसम्म सफलतापूर्वक सञ्चालन गरेकोमो खुसी व्यक्त गर्दै क्याम्पसलाई बधाई ज्ञापन गर्नुभयो । विद्यार्थी तथा प्राध्यापकहरुको पृष्ठपोषणका आधारमा कार्यक्रमलाई निरन्तरता दिने या नदिने विषयमा लुपिक परियोजनाले निर्णय गर्ने प्राध्यापक जोङले जानकारी दिनुभयो । विशेष आवश्यकता शिक्षाको स्नातकोत्तर तहको अध्यापन शुरू गर्न समेत उहाँले विश्वविद्यालय र क्याम्पसलाई सुझाव दिनुभयो । परियोजनाको समयावधि सकिएपनि आफ्नो मन मुटु यही रहेको भन्दै प्राध्यापक जोङले आगामी दिनमा पनि सहयोग र सहकार्य गर्न आफू तयार रहेको बताउनु भयो ।

पूर्वाञ्चल विश्वविद्यालय कला, कानून तथा शिक्षा संकायका डीन प्राध्यापक रामप्रसाद ढकालले विशेष आवश्यकता शिक्षालाई व्यवहारिक र अभ्यासमा आधारित शिक्षाका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । विद्यार्थीहरुको अभ्यासका लागि आवश्यक सहयोग गर्न विश्वविद्यालय तयार रहेको डीन ढकालले जानकारी दिनुभयो । सबैको पहुँचमा उच्च शिक्षा पु¥याउनका लागि विशेष आवश्यकता शिक्षा अनिवार्य आवश्यकता भएको चर्चा गर्दै डीन ढकालले यसको भविष्य उज्वल रहेको टिप्पणी गर्नुभयो । क्याम्पस प्रमुख तथा डाइरेक्टर यज्ञ प्रसाद जमरकट्टेलले परियोजनालाई निरन्तता दिनुपर्नेमा जोड दिनुभयो । विशेष आवश्यकता शिक्षाका पहिलो ब्याचका विद्यार्थीहरुले स्नातक तह सकेको र बाँकी अध्ययनको क्रममा रहेको प्रसङ्ग प्रस्तुत गर्दै डाइरेक्टर जमरकट्टेलले परियोजनालाई निरन्तरता दिन लुपिक परियोजना प्रमुख प्राध्यापक जोङसँग आग्रह गर्नुभयो । चार वर्षको छोटो समयामा जग बसाउने काम भएको र परिणाम देखिन समय लाग्ने भन्दै उहाँले परियोजनाको आवश्यकताका विषयमा चर्चा गर्नुभयो ।


विशेष आवश्यकता शिक्षा कार्यक्रमको चार वर्ष सफलतापूर्वक सम्पन्न गर्नुभएका पूर्व क्याम्पस प्रमुख तथा डाइरेक्टर महेश प्रसाद निरौलाले कोरियामा उच्च प्रविधि र उपकरणबाट विशेष आवश्यकता शिक्षा दिने गरेको बताउनु भयो । विशेष आवश्यकता शिक्षाको अध्यापन उच्च प्रविधि र उपकरणले मात्र प्रभावकारी हुने भन्दै पूर्व क्याम्पस प्रमुख निरौलाले क्याम्पसमा उपकरण र प्रविधिको व्यवस्था गरी विद्यार्थीहरुलाई अभ्यासमा आधारित सिकाईको व्यवस्था गर्नुपर्ने बताउनु भयो । विशेष आवश्यकता शिक्षाको भविष्य उज्वल रहेको भन्दै निरौलाले केही निजी विद्यालयले विशेष आवश्यकता शिक्षाका विद्यार्थीहरुलाई रोजगारी दिन चासो देखाएको बताउनुभयो ।


पूर्वाञ्चल ज्ञान चक्षु विद्यालयका सहायक प्रधानाध्यापक तथा विशेष आवश्यकता शिक्षामा अध्ययनरत भुपाल खवासले सिकाईलाई प्रभावकारी बनाउन उपकरण तथा प्रविधिको व्यवस्था गर्न विश्वविद्यालय र क्याम्पस प्रशासन समक्ष माग गर्नुभयो । अभ्यासका लागि आवश्यक पर्ने उपकरण तथा शैक्षिक सामग्री जुटाउन आफू पनि सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनु भयो । अर्की विद्यार्थी नितु मेहताले कोरिया भ्रमणमा धेरै कुरा सिक्न पाएको भन्दै लुपिक परियोजना र क्याम्पसलाई धन्यवाद दिनुभयो । कोरियाको जस्तो उपकरणको अभाव भएपनि क्याम्पसमा धेरै कुरा सिकेको भन्दै मेहताले आफूले सिकेको कुरा व्यवहारमा उतार्ने प्रतिवद्धता जनाउनु भयो ।

पूर्वाञ्चल विश्वविद्यालय जनता आदर्श बहुमुखी क्याम्पसले शिक्षा शास्त्र अन्तर्गत स्नातक तहमा विशेष आवश्यकता शिक्षा अध्यापन गर्दै आएको छ । क्याम्पसले शिक्षा शास्त्रका अतिरिक्त कला संकाय अन्तर्गत सामाकिजक कार्यमा स्नातक (बि.एस.डब्लु.) र स्नातकोत्तर तह (एम.एस. डब्लु) को अध्यापन गराउँदै आएको छ । यसका अलावा एक वर्षे काउन्सेलिङ साईकोलोजी र एक वर्षे बिएड समेत क्याम्पसले अध्यापन गराउँदै आएको छ । जनसंख्या तथा विकास केन्द्र अन्तर्गत स्नातकोत्तर तहको डेमोग्राफी तथा हेल्थ रिसर्चको अध्यापन गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्