भोटेकोशी बाढीपछि उद्धारका लागि हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन

<span class='c1'>भोटेकोशी बाढीपछि उद्धारका लागि हेलिकप्टर</span> <span class='c2'>कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन</span>


काठमाडौं ।
भोटेकोशी नदीमा ठूलो बाढी आएपछि प्रधानमन्त्री कार्यालयले उद्धार तथा राहतका लागि सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

प्रधानमन्त्री बालेन शाहको सचिवालयले बाढी प्रभावित क्षेत्रमा आवश्यक परे तत्काल उद्धारका लागि हेलिकप्टर परिचालन गर्न सकिने गरी कम्पनीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको जनाएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बुधबार बिहान करिब सवा ९ बजेतिर भोटेकोशी नदीमा एक्कासि ठूलो बाढी आएको हो।

तिब्बततर्फबाट आएको बाढी रसुवाबाट नुवाकोट हुँदै धादिङ, गोरखा र चितवनतर्फ बढेको बताइएको छ। बाढीका कारण ठूलो क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

बाढीले रसुवा र नुवाकोटको सीमामा रहेको बजारसमेत बगाएको जनाइएको छ। बाढीका कारण भएको क्षतिको थप विवरण संकलन भइरहेको छ भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्