रसुवा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण विभिन्न सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ । नेपाल प्रहरीले दिएको सूचनाअनुसार बाढीका कारण पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ राजमार्गस्थित सडकखण्डमा सवारी आवागमन बन्द गरिएको हो ।
सडकको अवस्था सामान्य नभएसम्म सवारी आवागमन सञ्चालन नगर्न प्रहरीले आग्रह गरेको छ । सडकको अवस्थाबारे जानकारी लिन नजिकको प्रहरी कार्यालय, प्रहरी कन्ट्रोल १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ ।

बाढी, पहिरो तथा नदी आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा रहनसमेत प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।
रसुवाको भोटेकोशीमा बुधबार बिहान तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि आसपासका क्षेत्रमा क्षति पुगेको छ । घटनापछि उद्धार तथा सुरक्षा सतर्कता बढाइएको छ ।