सेनाद्वारा २५ जनाको उद्धार, १४ हेलिकोप्टर परिचालन

<span class='c1'>सेनाद्वारा २५ जनाको उद्धार,</span> <span class='c2'>१४ हेलिकोप्टर परिचालन</span>

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित २५ जनाको नेपाली सेनाले उद्धार गरेको छ । प्रभावित क्षेत्रमा खटिइएको सेनाको टोलीले रसुवाको टिमुरे र स्याफ्रु तथा नुवाकोटको त्रिशूली क्षेत्रबाट उनीहरुको उद्धार गरेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो ।

बाढी प्रभावितको उद्धार र प्रतिकार्यका लागि सेनाको छ र निजी क्षेत्रका आठ गरी १४ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । ती हेलिकोप्टरले आवश्यकताअनुसार घाइते तथा प्रभावितको उद्धार तथा राहतमा सहयोग पुर्‍याउने छन् ।

सेनाले घाइतेको उपचारका लागि दुई जना सर्जनसहित २० जनाको विशेषज्ञ चिकित्सकको टोली त्रिशूलीस्थित मैथली ब्यारेकमा तैनाथ गरेको छ । त्रिशूली अस्पतालसँगको सडक सम्पर्क टुटेपछि सेनाले ब्यारेकमा स्वास्थ्य सेवा दिन उक्त टोली खटाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्