कटहरीवासीलाई जीवन विकास सामुदायिक अस्पतालमा ५० प्रतिशतसम्म छुट

<span class='c1'>कटहरीवासीलाई जीवन विकास सामुदायिक</span> <span class='c2'>अस्पतालमा ५० प्रतिशतसम्म छुट</span>

मोरङ । कटहरी गाउँपालिका र जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनबीच कटहरी क्षेत्रका नागरिकलाई सहज, पहुँचयोग्य तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको छ।
भदौ ९ गते भएको सम्झौतामा जीवन विकास सामुदायिक अस्पतालका तर्फबाट प्रशासन प्रमुख अनिता कुमारी गच्छदार र कटहरी गाउँपालिकाका तर्फबाट गाउँपालिका प्रमुख देवराज चौधरीले हस्ताक्षर गर्नुभएको हो।

सम्झौताअनुसार कटहरी गाउँपालिकाका बासिन्दा, स्थानीय तहका कर्मचारी तथा निर्वाचित जनप्रतिनिधि र सम्झौतामा तोकिएका उनीहरूका परिवारका सदस्यले जीवन विकास सामुदायिक अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउनेछन्। सम्झौताअनुसार अस्पतालमा उपलब्ध OPD, आकस्मिक सेवा, बेड, ल्याब, रेडियोलोजी, फिजियोथेरापी, शल्यक्रिया, डेन्टल, डेन्टल ल्याब, CT Scan तथा MRI लगायतका विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। सम्झौताको अवधि भदौ ९ गतेदेखि एक वर्षको रहनेछ। आवश्यकताअनुसार दुवै पक्षको आपसी सहमतिमा सम्झौता नवीकरण वा विस्तार गर्न सकिने व्यवस्था गरिएको छ।

मोरङको कटहरी गाउँपालिका–२, हल्दीबारीमा रहेको जीवन विकास सामुदायिक अस्पताल २०० शय्याको अस्पताल हो। अस्पतालमा विभिन्न विशेषज्ञ OPD, आकस्मिक सेवा, IPD, ICU, NICU, HDCU, CCU लगायतका सेवा उपलब्ध छन्। साथै अत्याधुनिक अपरेशन थिएटरमार्फत विभिन्न प्रकारका शल्यक्रिया तथा अन्य विशेषज्ञ स्वास्थ्य सेवासमेत प्रदान हुँदै आएको छ। यस सहकार्यबाट कटहरी क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहुलियतपूर्ण रूपमा प्राप्त हुनुका साथै स्वास्थ्य सेवामा पहुँच थप सहज हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्