१७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन

<span class='c1'>१७ जनाको शव फेला,</span> <span class='c2'>२६ प्रहरी सम्पर्कविहीन</span>

काठमाडौँ । रसुवामा आएको बाढीमा परी मृत्यु भएका १७ जनाको शव फेला परेको छ भने बाढीपछि नेपाल प्रहरीका २६ जना सम्पर्कविहीन भएका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रमा कार्यरत तीनमुरे, स्याफ्रुबेँसी, मैलुङ र रसुवागढीका २६ जना प्रहरीको अवस्था अज्ञात छ। सम्पर्कविहीन प्रहरीको खोजी तथा उद्धारका लागि सुरक्षा निकायबाट आवश्यक प्रयास भइरहेको जनाइएको छ।

बाढी प्रभावित क्षेत्रमा नागरिकको उद्धार, उपचार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालले जनशक्ति तथा आवश्यक स्रोतसाधन परिचालन गरेका छन्। गम्भीर घाइतेको तत्काल उपचारका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीसहितको टोलीसमेत प्रभावित क्षेत्रमा खटाइएको छ।

यसैबीच, नदी थुनिएको स्थानमा पानीको ताल अझै पूर्ण रूपमा नभरिएको भन्दै भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा जोखिम कायमै रहेको सूचना जारी गरिएको छ। अर्को सूचना जारी नभएसम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहन सम्बन्धित निकायले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्