बाढी प्रभावितका लागि केएमसीद्वारा निःशुल्क उपचारको घोषणा

<span class='c1'>बाढी प्रभावितका लागि केएमसीद्वारा</span> <span class='c2'>निःशुल्क उपचारको घोषणा</span>

काठमाडौं। काठमाडौँ मेडिकल कलेज (केएमसी) ले बाढी प्रभावित क्षेत्रका घाइते तथा बिरामी नागरिकका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणा गरेको छ। अविरल वर्षाका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको मानवीय संवेदनालाई ध्यानमा राख्दै निःशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय गरिएको केएमसीले जनाएको छ।

केएमसीका प्रशासन प्रमुख नारायणप्रसाद दाहालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिअनुसार भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा बाढी प्रभावित घाइते तथा बिरामीको उपचार गरिनेछ। अस्पतालमा उपलब्ध औषधि तथा औषधिजन्य सामग्रीबाहेकका सम्पूर्ण स्वास्थ्य उपचार सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइने केएमसीले जनाएको छ।


त्यस्तै, बाढी प्रभावित बिरामीलाई अस्पतालसम्म ल्याउन सहज वातावरण बनाउन सजग नागरिक, संघसंस्था तथा सम्पूर्ण सहयोगी महानुभावहरूलाई केएमसीले आग्रह गरेको छ। बाढी तथा पहिरोका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेका बेला केएमसीको यो निर्णयले उपचार आवश्यक पर्ने घाइते तथा बिरामीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्