प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

<span class='c1'>प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की</span> <span class='c2'>दिएको आरोपमा युवक पक्राउ</span>

काठमाडौं। प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापाको भद्रपुर–९ घर भई हाल कीर्तिपुर बस्दै आएका २३ वर्षीय पुस्कर दहाल रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कीर्तिपुर नयाँ बजारबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार दहालले इन्स्टाग्राममा प्रधानमन्त्री शाहलाई लक्षित गर्दै आगामी २३ भदौमा ‘सिध्याइदिने’ आशयको स्टाटस पोस्ट गरेका थिए। उक्त पोस्टमा उनले प्रहरीलाई समेत ट्याग गर्दै आपत्तिजनक गालीगलौज गरेका थिए।

पक्राउपछि दहाललाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि साइबर ब्यूरो, भोटाहिटी पठाइएको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार दहाल कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा आबद्ध रहेको समेत खुलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्