रसुवा बाढी अपडेट : ७२ जनाको शव फेला

<span class='c1'>रसुवा बाढी अपडेट :</span> <span class='c2'>७२ जनाको शव फेला</span>

काठमाडौँ । रसुवा स्थित भोटेकोशीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ७२ जना पुगेको छ । अहिलेसम्म ७२ जनाको शव भेटिएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले बताए । रसुवा, नुवाकोट, धादिङ र चितवनस्थित नदी तटिय क्षेत्रमा शव भेटिएको हो । भेटिएका शवहरूको पहिचान खुलाउने प्रयास भइरहेको डीआईजी काफ्लेले जानकारी दिए ।

बाढीमा परेका २८ जना प्रहरी कर्मचारी सम्पर्कमा छैनन् । बुधबार बिहान ९ बजेतिर चीनको तिब्बत तर्फबाट आएको ल्हेन्दे खोलाको बाढी रसुवाको भोटेकोशीमा मिसिएर ठुलो क्षति पुगेको हो । बाढीका कारण रसुवाको टिमुरे र मैलुङमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरू पनि सम्पर्कविहीन भएका छन् ।

बाढीका कारण प्रभावित भएकाहरुलाई सुरक्षाकर्मीहरुले उद्धार गरिरहेका छन् । अहिलेसम्म ८८ जनालाई रसुवाबाट उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । ६ वटा हेलिकप्टरबाट बाढी प्रभावितहरूको उद्धार गरेको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्