प्रिमियर लिगकै कीर्तिमानी १२५ मिलियन पाउन्डमा एन्जो फर्नान्डेज म्यानचेस्टर सिटीमा

<span class='c1'>प्रिमियर लिगकै कीर्तिमानी १२५ मिलियन</span> <span class='c2'>पाउन्डमा एन्जो फर्नान्डेज म्यानचेस्टर सिटीमा</span>

काठमाडौं । अर्जेन्टिनाका स्टार मिडफिल्डर एन्जो फर्नान्डेज प्रिमियर लिगकै कीर्तिमानी १२ करोड ५० लाख पाउन्डमा म्यानचेस्टर सिटीमा आबद्ध भएका छन् । क्लबले मंगलबार उनीसँग सन् २०३१ सम्मको सम्झौता भएको औपचारिक घोषणा गरेको हो ।

२५ वर्षीय फर्नान्डेज सन् २०२३ देखि २०२६ सम्म चेल्सीमा बिताएको सफल यात्रापछि सिटी पुगेका हुन् । चेल्सीका लागि उनले युइएफए कन्फरेन्स लिग र २०२५को फिफा क्लब विश्वकप जितेका थिए । ईएसपीएनका अनुसार १२५ मिलियन पाउन्ड (करिब १६ करोड ९० लाख अमेरिकी डलर) मा भएको यो सम्झौता गत सिजन लिभरपुलले न्यूक्यासल युनाइटेडबाट अलेक्जेन्डर इसाकलाई अनुबन्ध गर्दा तिरेको प्रिमियर लिगकै कीर्तिमानी शुल्क बराबर हो । सम्झौतापछि फर्नान्डेजले मेडिकल परीक्षण पनि पूरा गरेका थिए । फर्नान्डेजले आफ्नो व्यावसायिक करिअर अर्जेन्टिनाको डेफेन्सा इ जस्टिसिया र रिभर प्लेटबाट सुरु गरेका थिए । रिभर प्लेटमा चार प्रमुख उपाधि जितेपछि उनी पोर्चुगलको बेन्फिकामा पुगेका थिए, जहाँ उनले प्रिमेरा लिगाको उपाधि जिते । अन्तर्राष्ट्रिय फुटबलमा पनि उनको उपलब्धि उल्लेखनीय छ । उनले अर्जेन्टिनाका लागि २०२२ को फिफा विश्वकप र २०२४ को कोपा अमेरिका जितेका छन् । हालै सम्पन्न २०२६ फिफा विश्वकपमा भने अर्जेन्टिना स्पेनसँग फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

सिटीमा आबद्ध भएपछि फर्नान्डेजले विश्वकै उत्कृष्ट क्लबमध्ये एकको हिस्सा बनेकोमा खुसी लागेको बताए । ‘म्यानचेस्टर सिटी पछिल्ला वर्षमा इंग्ल्यान्डको सबैभन्दा सफल क्लब हो । यहाँ आएर टोलीलाई थप उपाधि जिताउन योगदान दिन तयार छु,‘उनले क्लबमार्फत जारी वक्तव्यमा भने । क्लबका फुटबल निर्देशक ह्युगो भियानाले फर्नान्डेजलाई प्राविधिक रूपमा उत्कृष्ट, मेहनती र बहुआयामिक मिडफिल्डरको संज्ञा दिँदै उनको आगमनले सिटीको टोली थप बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्