विराटनगरको राधाकृष्ण रथयात्रा : ४४ स्थानमा विश्रामस्थल

<span class='c1'>विराटनगरको राधाकृष्ण रथयात्रा :</span> <span class='c2'>४४ स्थानमा विश्रामस्थल</span>

सोनु साह,
विराटनगर । विराटनगरमा आयोजना हुने ऐतिहासिक राधाकृष्ण रथयात्रा २०८३ लाई व्यवस्थित बनाउन रथको विश्रामका लागि विभिन्न ४४ स्थान तय गरिएको छ। रथ प्रस्थान गरेपछि विराटनगरका प्रमुख धार्मिकस्थल, चोक तथा बजार क्षेत्रका विभिन्न स्थानमा रथ रोक्ने व्यवस्था मिलाइएको छ।

तय गरिएको मार्गअनुसार रथ राधाकृष्ण मन्दिर, तीनपैनीबाट सुरु भई विराटनगरको मुख्य बजार क्षेत्र हुँदै ट्राफिकचौकबाट रोडशेष चौक पुग्नेछ । त्यसपछि बसपार्क, महेन्द्रचौक हुँदै बरगाछी पुगेर पूर्वतर्फ पानीट््याङ्कीमा बिसर्जन गरिनेछ ।

रथयात्राका क्रममा भक्तजनको सहज दर्शन तथा व्यवस्थापनका लागि विश्रामस्थल निर्धारण गरिएको हो। आयोजकले विराटनगर औद्योगिक तथा धार्मिक नगरी भएकाले रथयात्रालाई सफल, व्यवस्थित र भव्य बनाउन नगरवासी तथा सम्पूर्ण भक्तजनसँग सहयोग र सद्भावका लागि आग्रह गरेको छ। राधाकृष्ण रथयात्रा विराटनगरको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको प्रमुख उत्सवका रूपमा हरेक वर्ष आयोजना हुँदै आएको छ। यस वर्ष पनि ठूलो संख्यामा भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ। भदौँ २० गते मन्दिर परिसरबाट ३ बजे रथ निकाल्निे समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्