विराटनगरको अर्निको विधालयद्वारा प्रधानमन्त्री कोषमा १० लाख सहयोग

<span class='c1'>विराटनगरको अर्निको विधालयद्वारा प्रधानमन्त्री</span> <span class='c2'>कोषमा १० लाख सहयोग</span>

विराटनगर । विराटनगर–१० स्थित अर्निको आवासीय माध्यमिक विद्यालय परिवारले रसुवा र नुवाकोटमा गएको भीषण बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० लाख १ हजार १०१ रुपैयाँ सहयोग गरेको छ।

विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक–कर्मचारी तथा विद्यालय परिवारको तर्फबाट उक्त रकम सहयोग गरिएको हो। विपद्मा परेका नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालय परिवारले रकम संकलन गरी कोषमा जम्मा गरेको जनाएको छ।

विद्यालयले ‘पीडामा साथ, मानवतामा हाम्रो प्रतिबद्धता’ भन्ने भावनासहित विपद्का बेला प्रभावित परिवारलाई सहयोग गर्नु सामाजिक दायित्व भएको जनाएको छ। विद्यालयका प्रिन्सिपल तथा अर्निको परिवारले आगामी दिनमा पनि सामाजिक तथा मानवीय कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्