विराटनगर भन्सारद्वारा एजेन्ट बिनोद पोद्दारको लाइसेन्स तीन महिनालाई निलम्बन

<span class='c1'>विराटनगर भन्सारद्वारा एजेन्ट बिनोद पोद्दारको</span> <span class='c2'>लाइसेन्स तीन महिनालाई निलम्बन</span>

विराटनगर । प्रज्ञापनपत्रमा उल्लेख गरेको विवरण बाहेकका सामान समेत भन्सार छलेर ल्याएको खुलेपछि एजेन्ट विनोद पोद्धार क्लियरिङ्ग एजेन्ट लाइसेन्स तीन महिनालाई निलम्बन गरिएको छ ।
कार्यालयले बिहीबारदेखि लागू हुने गरी पोद्धारको लाइसेन्स नम्बर २८१ निलम्बन गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै पोद्दारको लाइसेन्सबाट अब तीन महिनासम्म मालवस्तु जाँचपास हुँदैन । गत भदौ १४ गते भन्सारबाट जाँचपास भई निस्किएको मालबाहक ट्रकमा प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा बढी सामान फेला परेको थियो ।

भन्सार परिसरबाटै अवैध आयात गर्दै आएका पोद्दार कसैसँग नडराउनेमा पर्दथे । विराटनगर भन्सारका सूचना अधिकारी डम्बरबहादुर बस्नेतका अनुसार प्रज्ञापनपत्रमा घोषणा गरिएको भन्दा ७ पोका बढी सामान ल्याएको पुष्टि भएपछि नियमानुसार लाइसेन्स निलम्बन गरिएको हो ।

विराटनगरका पुराना एजेन्ट पोद्धारको फर्म ‘पोद्धार क्लिनिक सर्भिस’ मार्फत उनका छोराहरू सुनिल र अनिल पोद्धारले कारोबार गर्दै आएका थिए । भन्सारको नियमित जाँचपास प्रक्रिया सकेर निस्किएको एनएल ०२ क्यू ०५३२ नम्बरको भारतीय ट्रकलाई सशस्त्र प्रहरी बलको गस्ती टोलीले भदौ १४ गते राति विराटनगर–११ रोडशेष चोकबाट नियन्त्रणमा लिएको थियो ।
सशस्त्र प्रहरीले शंका लागेर पुनः जाँचका लागि भन्सार पठाएको थियो । भन्सार जाँचपास गरेको ट्रकमा हार्डवेयर, मेडिकल सामग्री र पूजाका सामग्री चन्दन र टीका गरी ७ पोका अवैध सामान भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्