विराटनगरमा रथयात्राका लागि एकिकृत सुरक्षा योजना, प्रहरीको बडीदेखि आकाशसम्म क्यामरा

<span class='c1'>विराटनगरमा रथयात्राका लागि एकिकृत सुरक्षा</span> <span class='c2'>योजना, प्रहरीको बडीदेखि आकाशसम्म क्यामरा</span>

विराटनगर । राधाकृष्ण रथयात्रालाई लक्षित गर्दै स्थानीय प्रशासनले एकिकृत सुरक्षा योजना तयार पारेको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाका अनुसार यो योजना अनुसार एक हजार ४०० प्रहरी राधाकृष्ण रथयात्राका लागि परिचालन गरिनेछ ।

जसमा नेपाल प्रहरीका एक हजार र सशस्त्र प्रहरीका चार सयजना रथयात्रा सुरक्षा लक्षित परिचालित हुनेछन् । रथ परिक्रममा क्रममा ४४ विश्रामस्थल, रथको वरिपरी अनि रथ हिड्ने स्थानमा सुरक्षाकर्मी खटिनेछन् । यस बाहेक २० स्थानमा आपतकालिन सुरक्षा स्ट्याण्डिङ्ग स्थापना गरिएको छ । यसको पेरीफेरी रहेर सातवटा सिआरभी भ्यानबाट पेट्रोलिङ्ग हुने सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिनुभयो ।

यस पटक रथयात्रामा महिलामाथि हुनसक्ने हिंसा तथा चोरीमा संलग्न संदिग्धलाई नियन्त्रण गर्न दुईवटा पक्राउ टोलि परिचालन गरिएको छ । राधाकृष्ण रथायात्रको अवधीभरका सबै गतिविधि भिडियो रेकर्ड गर्नका लागि २५ स्थानमा सिसी टिभी थप गरिएको छ । त्यस बाहेक ३ वटा ड्रोन क्यामरा समेत परिचालन गरिने भएको छ ।

यस पटक अर्को महत्वपूर्ण कार्य भनेको प्रहरीको बडीमै क्यामरा राखिएको छ । जसका कारण प्रहरीले आफ्ना वरिपरिका गतिविधि रेकर्ड गरिरहेका हुनेछन् । स्थानीय प्रशासनले रथयात्रामा हुने गतिविधिलाई रथयात्रा सकेपछि समेत नियालेर पछि व्यक्तिको विवरण संकलन र प्रोफालिङ्ग गर्ने दावी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्