राधाकृष्ण रथयात्राका क्रममा यी रुटबाट हुन्छन् सवारी बाइपास

<span class='c1'>राधाकृष्ण रथयात्राका क्रममा यी</span> <span class='c2'>रुटबाट हुन्छन् सवारी बाइपास</span>

विराटनगर । राधाकृष्ण रथयात्राको समयमा सवारी आवागमनलाई व्यवस्थित गर्न बाईपास रुट तयार गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपानेका अनुसार राधाकृष्ण रथयत्रालाई सहजीकरण गर्नका लागि ४ बाइपास रुट तयार पारिएको हो ।

तर, यस पटक तीनपैनीबाट ट्राफिकसम्म रथ नआउँदासम्म कोशी राजमार्गको रोडशेष बरगाछीको सवारी रोकिने छैन । त्यसपछि राजमार्गको रोडशेष–बरगाछी बन्द गरिनेछ । राधाकृष्ण रथयात्राको पहिलो रुट पर्न तीनपैनी–ट्राफिकचौक दिउँसो २ बजे आसपासदेखि नै सवारी रोकिने छ । जसअन्तर्गत दिउँसो २ बजेदेखि नै तीनपैनी तथा बजार क्षेत्रको मेनरोडमा सवारी साधन प्रवेश पाउने छैनन् । त्यसपछि कोशी राजमार्गलाई ४ बजेपछि क्लियर गर्दै लगिनेछ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार नाकाबाट आउने मालवहाक ट्रकलाई आईसिपी रोडमा होल्ड गरिने छ । चार पाङ्ग्रे साना तथा मोटरसाइकलको हकमा जतुवा नहर पश्चिम बाइपास गरिने छ । यो नहर पश्चिम बाइपास हुँदा सवारीहरु कन्चनबारी निस्कने छन् । यसैगरी कन्चनबारीबाट ठूलो मिल–भट्टी मोड–हाटखोला बाइपास गरिएको छ । रंगेलीबाट आउने मालवहाक तथा यात्रु बहाक बसका हकमा कटहरीमै होल्ड गरिने छ । रंगेलीबाट आउने साना सवारीका हकमा भने देवकोटाचौकबाट उत्तर अदालत, शहीद रंगशालाको बाहिरी परिसर कभर बनाउन सक्नेछन् । दक्षिणतर्फ देवकोटा चौक दक्षिण जान सक्नेछन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख न्यौपानेका अनुसार राजमार्ग क्षेत्र पुरै ठप्प हुने समय भनेको साँझ ६ बजेदेखि ८ बजेसम्म हो । रथलाई ट्राफिक चौक ल्याएर रोडशेषचौकतर्फ बढाउन थालेपछि मात्रै राजमार्गमा सवारी होल्ड गरिने न्यौपानेले जानकारी दिए । राजमार्गलाई दिउँसैदेखि अवरोध गर्दा सवारीहरु बाइपासमा फस्ने र यात्रु गन्तव्यमा नपुग्ने संभावनालाई आंकलन गरिएको छ ,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्