भगवानको दर्जा पाएका सिलिगुडीका प्रख्यात न्युरोसर्जन डा. डब्लु. एच.चाङको निधन

<span class='c1'>भगवानको दर्जा पाएका सिलिगुडीका प्रख्यात</span> <span class='c2'>न्युरोसर्जन डा. डब्लु. एच.चाङको निधन</span>

काठमाडौँ । उत्तर बङ्गालको स्वास्थ्य सेवामा विशिष्ट योगदान पुर्‍र्याएका प्रख्यात न्युरोसर्जन तथा डा. चाङ्स सुपर स्पेशालिटी हस्पिटलका संस्थापक डा. डब्लु. एच. चाङ को ८२ वर्षको उमेरमा निधन भएको छ।

माटिगाडास्थित उनीद्वारा स्थापना गरिएको डा. चाङ्स सुपर स्पेशालिटी हस्पिटल उत्तर बङ्गाल, दार्जिलिङ, कालिम्पोङ, डुवर्स, सिक्किम तथा नेपालका सीमावर्ती जिल्लाका बिरामीका लागि भरोसायोग्य स्वास्थ्य संस्था बनेको थियो। विशेषगरी मस्तिष्क र मेरुदण्ड सम्बन्धी जटिल शल्यक्रियामा उनको नाम अग्रस्थानमा लिइन्थ्यो। डा. चाङको निधनसँगै उत्तर बङ्गाल र नेपालका हजारौँ बिरामी तथा स्वास्थ्य क्षेत्रले एक अनुभवी चिकित्सक गुमाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्