अघिअघि रथयात्रा, पछिपछि सफाईसाफ

<span class='c1'>अघिअघि रथयात्रा,</span> <span class='c2'>पछिपछि सफाईसाफ</span>

विराटनगर । राधाकृष्ण रथयात्राको ५९ औं संस्करणमा यस पटक सरसफाईलाई विशेष प्राथमिकता दिइएको छ । आस्था र श्रद्धापूर्वक सहभागी हुन आएका भक्तजनलाई पानी, सर्वत तथा पर्साद वितरण हुँदा उत्पादन हुने फोहोरलाई तत्काललै संकलन गरेर व्यवस्थापन र बिर्सजन गरिने भएको हो ।

राधाकृष्ण रथयात्रा फोहोर व्यवस्थापन उपसमितिका संयोजक तथा विराटनगर महानगरपालिका सरसफाई शाखा प्रमुख पुनम दाहालका अनुसार नेपाल फूलबारी वेस्ट थ्री आर पोलुसन कन्ट्रोल सर्भिस प्रा.ली,विराटनगरको टोलि यसमा परिचालित हुनेछ । त्यस बाहेक केहि स्वयंसेवक रुपमा परिचालित हुने समूह समेत रहेको छ ।

दाहालका अनुसार सेवाभावले पर्सादी वितरणको तयारी गर्ने आयोजकहरुले समेत यसमा सहयोग गर्नुपर्ने हुन्छ । त्यसका लागि प्रयोग भएका प्लाष्टिकका कप, कचौरा र प्लेटलाई बोरामा राखिदिन अनुरोध गरिएको छ । राधाकृष्ण रथयात्राका लागि विभिन्न स्थानमा पसलहरु सञ्चालन गरिएका छन् । ती पसलमा समेत उत्पादन भएको फोहोरलाई व्यवस्थित बनाउन आग्रह गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्