राधाकृष्ण रथयात्रामा भएको फोहोर नेपाल फुलबारी बाट राता रात सफाई

<span class='c1'>राधाकृष्ण रथयात्रामा भएको फोहोर नेपाल</span> <span class='c2'>फुलबारी बाट राता रात सफाई</span>

विराटनगर । नेपाल फूलबारी वेस्ट थ्री आर पोलिशन कन्ट्रोल सर्भिस प्रालीले विराटनगर आइतबार सम्पन्न भएको ऐतिहासिक रथथात्रापछि विराटनगमा भएको फोहर उठाएको छ ।

रथयात्रामा भक्तजनको लागि विभिन्न संस्थाले पानी र जुसलगायत निशुल्क वितरण गर्दै विराटनगरको सडकमा पानीका वोतल,गिलासलगात फोहर नेपाल फूलबारी वेस्ट थ्री आर पोलिशन कन्ट्रोल सर्भिस प्रालीले उठाएको हो । राधाकृष्ण रथयात्रालाई लक्षित गरी विराटनगरका विभिन्न स्थानमा पसल तथा अस्थायी व्यापारिक स्टलसमेत सञ्चालन गरिएका थिए। ती पसल तथा स्टलबाट उत्पादन हुने फोहोरलाई पनि व्यवस्थित रूपमा राख्न र जथाभावी नफाल्न सरसफाइ सन्स्थाले आग्रह गरेको थियो ।

नेपाल फूलबारी वेस्ट थ्री आर पोलुसन कन्ट्रोल सर्भिस प्रालि,ले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको राधाकृष्ण रथयात्रालाई स्वच्छ, व्यवस्थित तथा वातावरणमैत्री बनाउन सरसफाइमा विशेष ध्यान दिइएको थियो । संस्थाले रथयात्राको पछिपछि नै सरसफाइ टोली परिचालन गरी फोहोर संकलन गर्ने र रथयात्रा सम्पन्न भएसँगै विराटनगरलाई सफा बनाउन काम गरेको फूलबारीका कार्यकारी निर्देशक उमेश कटुवालले जानकारी दिए।

फूलबारीले निशुल्करुपमा फोहर उठाएको फूलबारीका कटुवालले बताए । उनका अनुसार शानिवार राती ११:१४ बजेसम्मलगायर रथ गुडेको सडकमा भएको सवै किसिमका फोहर उठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्