विराटनगरको रथयात्रामा संकलित भेटी भोटेकोशी बाढीपीडितका सहयोग गरिने

<span class='c1'>विराटनगरको रथयात्रामा संकलित भेटी</span> <span class='c2'>भोटेकोशी बाढीपीडितका सहयोग गरिने</span>

विराटनगर । विराटनगरमा हिजो सम्पन्न ऐतिहासिक ९५औँ श्रीराधाकृष्ण रथयात्राका क्रममा संकलन भएको भेटी रकम गणना गर्न थालिएको छ । रथयात्राका क्रममा संकलित भेटी श्रीराधाकृष्ण रथयात्रा मूल समारोह समितिका पदाधिकारी तथा स्वयंसेवकहरूले अहिले मन्दिरमा गनिरहेका छन् ।
रथयात्रा मूल समारोह समितिका संयोजक कैलाश रेग्मीका अनुसार रथयात्राका क्रममा संकलन भएको सम्पूर्ण भेटी रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिनेछ ।

रेग्मीले धार्मिक आस्थासँग जोडिएको रथयात्राका क्रममा भक्तजनबाट संकलित भेटीलाई विपद्मा परेका नागरिकको सहयोगमा उपयोग गर्ने निर्णय गरिएको बताए । उनले भने, “रथयात्रामा श्रद्धालु भक्तजनबाट संकलन भएको भेटीलाई यसपटक सामाजिक सेवामा प्रयोग गर्ने निर्णय गरेका छौँ । संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरी भोटेकोशी बाढीपीडितको राहतमा सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

गत भदौ १० गते रसुवा र नुवाकोटको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो धनजनको क्षति भएको थियो । बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि देश तथा विदेशबाट सहयोग संकलन भइरहेको छ ।

रथयात्रा मूल समारोह समितिले पनि धार्मिक कार्यक्रमका क्रममा संकलित भेटीलाई विपद्मा परेका नागरिकको सहयोगमा लगाउने निर्णय गरेको हो । भेटी रकमको गणना सकिएपछि यकिन रकम सार्वजनिक गरी सम्बन्धित राहत कोषमा जम्मा गरिने समितिले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्