रथयात्रामा २ लाख ८२ हजार ४१८ रुपैयाँ भेटी उठ्यो, संकलित सम्पूर्ण रकम बाढी पिडितलाई प्रदान गरिने

<span class='c1'>रथयात्रामा २ लाख ८२ हजार ४१८ रुपैयाँ भेटी</span> <span class='c2'>उठ्यो, संकलित सम्पूर्ण रकम बाढी पिडितलाई प्रदान गरिने</span>

विराटनगर । विराटनगरमा हिजो सम्पन्न ऐतिहासिक ९५औँ श्रीराधाकृष्ण रथयात्राका क्रममा संकलन भएको भेटी रकमको गणना सम्पन्न भएको छ। रथयात्राका क्रममा श्रद्धालु भक्तजनबाट २ लाख ८२ हजार ४१८ रुपैयाँ भेटी संकलन भएको श्रीराधाकृष्ण रथयात्रा मूल समारोह समितिका संयोजक कैलाश रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार रथयात्राका क्रममा भक्तजनले चढाएको भेटी रकम आज बिहान गणना गरिएको हो। संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिने भएको छ । धार्मिक आस्थासँग जोडिएको रथयात्राका क्रममा श्रद्धालु भक्तजनबाट संकलित भेटीलाई यसपटक विपद्मा परेका नागरिकको सहयोगमा उपयोग गर्ने निर्णय गरिएको रेग्मीले बताए ।


उनले भने, “रथयात्रामा श्रद्धालु भक्तजनबाट संकलन भएको भेटीलाई यसपटक सामाजिक सेवामा प्रयोग गर्ने निर्णय गरेका छौँ। संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरी भोटेकोशी बाढीपीडितको राहतमा सहयोग पुग्ने विश्वास लिएका छौँ।”

गत भदौ १० गते रसुवा र नुवाकोटको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो धनजनको क्षति भएको थियो। बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि देश तथा विदेशबाट सहयोग जुटाउने क्रम जारी छ।

 

रथयात्रा मूल समारोह समितिले पनि धार्मिक कार्यक्रमका क्रममा संकलित भेटीलाई विपद्मा परेका नागरिकको सहयोगमा उपयोग गर्ने निर्णय गरेको हो। यसबाट धार्मिक आस्थासँगै सामाजिक उत्तरदायित्वको सन्देशसमेत प्रवाह हुने समितिको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्