बाढीपीडितको सहयोगार्थ आज विराटनगरमा ‘सिफारिस’ नाटक मञ्चन हुदै

<span class='c1'>बाढीपीडितको सहयोगार्थ आज विराटनगरमा</span> <span class='c2'>‘सिफारिस’ नाटक मञ्चन हुदै</span>

विराटनगर । रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगार्थ विराटनगरको आरोहण नाटक घरमा आजबाट ‘सिफारिस’ नाटक मञ्चन गरिने भएको छ ।

भदौ १० गते आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति आयोजकले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै घाइतेको शीघ्र स्वास्थ्यलाभ र बेपत्ताको यथाशीघ्र खोजी तथा पत्ता लागोस् भन्ने कामना गरिएको छ।
संकटको समयमा सबै मिलेर सहयोग गर्नुपर्ने आवश्यकतालाई आत्मसात् गर्दै रंगमञ्चमार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग संकलन गर्न धीरज राईको कथा म ‘सिफारिस’ मा आधारित नाटक मञ्चन गर्न लागिएको हो ।


नाटक आज भदौ २१ गतेदेखि २४ गतेसम्म मञ्चन हुने आरोहण गुरुकुलका कलाकार तथा यस नाटक मञ्चनका कार्यक्रम संयोजक देवेन्द्र यादवले जानकारी दिए ।
नाटकबाट संकलित रकम नेपाल सरकारको आधिकारिक विपद् उद्धार तथा राहत कोषमा जम्मा गरिने यादवले बताए । आयोजकले बाढी प्रभावितको सहयोगका लागि आयोजना गरिएको नाटकमा सहभागी भई सहयोग गरिदिन सम्पूर्ण दर्शक तथा शुभेच्छुकलाई आग्रह गरेको छ।
नाटकको टिकट दर ३००, ५०० र १ हजार रुपैयाँ तोकिएको छ । विद्यार्थीका लागि भने सहुलियतको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्