मोरङमा २९ दाताबाट एककरोड ५८ लाख राहतमा योगदान

<span class='c1'>मोरङमा २९ दाताबाट एककरोड</span> <span class='c2'>५८ लाख राहतमा योगदान</span>

विराटनगर । रसुवाको भोटेकोशी बाढीबाट पीडितहरूको राहत तथा पुनःस्थापनाका लागि मोरङ जिल्लाका विभिन्न उद्योगी, व्यवसायी, सामाजिक सङ्घसंस्था र व्यक्तिगत दाताहरूबाट १ करोड ५८ लाख ९४५ रुपैयाँ राहत सङ्कलन भएको छ । यसैगरी एघारलाख ४१ हजार रुपैँयाको सामाग्री समेत संकलन भएको छ ।
सार्वजनिक गरिएको विवरण अनुसार सबैभन्दा बढी मोरङ उद्योग व्यापार सङ्घले ३१ लाख रुपैयाँ सहयोग गरेको छ । त्यसैगरी, न्युरो अस्पताल विराटनगरले २१ लाख १११ रुपैयाँ र शिक्षादीप कलेज विराटनगरले १२ लाख ५१ हजार रुपैयाँ योगदान गरेका छन् ।

नेपाल उद्योग वाणिज्य सङ्घ (कोशी प्रदेश) बाट ११ लाख र अरिहन्त ग्रुप विराटनगर–९ बाट १० लाख ११ हजार रुपैयाँ प्राप्त भएको छ। आकृति एड्भर्टाइजिङले ५ लाख ५५ हजार सहयोग गरेको छ भने विराट व्यापार सङ्घले १ लाख ३१ हजार र नेपाल औषधि व्यवसायी सङ्घले १ लाख ३१ हजार १११ रुपैयाँ प्रदान गरेका छन् ।
अन्य सहयोगी संस्थाहरूमा मोरङ जिल्ला बार एसोसिएसनले १ लाख १ हजार १११, स्वास्तिक फ्लोर मिल्सले १ लाख १ हजार, फुजिमा आयल कम्पनीले १ लाख, प्रविण प्लास्टिक प्याकेजिङ, गीता मन्दिर कार्यसमिति र परोपकार अभियान समूहले जनही ५१–५१ हजार सहयोग गरेका छन् । यस्तै फोटोग्राफर सङ्घले २५ हजार २५१ र व्यक्तिगत तर्फ सीताराम उपाध्याय काफ्लेले ५ हजार १५१ रुपैयाँ सहयोग गरेका छन् ।

यसैगरी राहत उपलब्ध गराउनेमा विराटनगर–४ स्थित सजिलो जीम एण्ड फिटनेसले ५१ हजार रुपैँया जम्मा गरेको छ । विभिन्न औद्योगिक प्रतिष्ठान, विद्यालयहरुले समेत राहत उपलब्ध गराएका छन् । हालसम्म राहत उपलब्ध गराउनेहरुको विवरण निम्न छ ।


जिल्ला प्रशासन कार्यालय मोरङले विपद्को यो कठिन परिस्थितिमा स्वेच्छाले राहत कोषमा सहयोग पुर्‍याउने सम्पूर्ण दाताहरूप्रति धन्यवाद र आभार व्यक्त गरेको छ । जिल्ला प्रशासन कार्यालयले राहत कोषमा जम्मा भएको यो रकमले विपद् पीडितहरूको उद्धार र पुनर्स्थापनामा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

संघको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित एक कार्यक्रमका बीच मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षकलाई औपचारिक पत्रसहित ४०० जोर खुला ह्याण्ड ग्लोब्स र १६ कार्टुन (३८४ जोर) सेफेक्स गम्बुट हस्तान्तरण गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्