प्रदेशस्तरीय हस्तलेखन र चित्रकला प्रतियोगितामा हिमालय इंगलिस स्कुलको सफलता

<span class='c1'>प्रदेशस्तरीय हस्तलेखन र चित्रकला प्रतियोगितामा</span> <span class='c2'>हिमालय इंगलिस स्कुलको सफलता</span>

विराटनगर । मोरङको सुन्दरहरैँचा–१० स्थित हिमालय इंगलिस स्कुलले विद्यार्थीको सिर्जनात्मक क्षमता र प्रतिभालाई प्रदेशस्तरीय मञ्चमा प्रस्तुत गर्दै हस्तलेखन प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेको छ। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय हस्तलेखन तथा चित्रकला प्रतियोगितामा हिमालय इंगलिस स्कुलका विद्यार्थीले दुई विधामा उत्कृष्ट स्थान हासिल गरेका हुन्।

प्रतियोगिताको माध्यमिक तह (सिनियर) नेपाली हस्तलेखनतर्फ विद्यालयका महेश ढुंगाना द्वितीय र सिनियर अंग्रेजी हस्तलेखनतर्फ एल्बिश श्रेष्ठ तृतीय भएका छन्। प्रदेशका विभिन्न विद्यालयबाट सहभागी विद्यार्थीबीच भएको प्रतिस्पर्धामा हिमालयका विद्यार्थीले हासिल गरेको सफलताले विद्यालयले अध्ययनसँगै विद्यार्थीको सिर्जनात्मक तथा अतिरिक्त प्रतिभा विकासमा दिएको प्राथमिकतालाई उजागर गरेको छ।
विद्यालयले विद्यार्थीको रुचि र क्षमताअनुसार विभिन्न प्रतियोगिता तथा अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै आएको जनाएको छ। यस्ता गतिविधिले विद्यार्थीमा आत्मविश्वास, अनुशासन, सिर्जनशीलता र प्रतिस्पर्धात्मक भावनाको विकास गर्न सहयोग पुग्ने विद्यालयको भनाइ छ।

विद्यालयका संस्थापक तथा प्रिन्सिपल कमल खनालले प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई बधाई दिँदै आगामी दिनमा अझ राम्रो प्रदर्शनका लागि शुभकामना व्यक्त गरे। उनले विद्यालयको शिक्षण सिकाइलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी विद्यार्थीभित्र रहेको प्रतिभा पहिचान गरी त्यसलाई प्रस्तुत गर्ने अवसर प्रदान गर्नुपर्नेमा जोड दिए। विद्यार्थीको क्षमता उजागर गर्ने उद्देश्यले विद्यालयले विभिन्न रचनात्मक तथा अतिरिक्त गतिविधिलाई निरन्तरता दिँदै आएको उनको भनाइ छ।

प्रदेशस्तरीय प्रतियोगितामा प्राप्त यो सफलताले हिमालय इंगलिस स्कुलको शैक्षिक गतिविधिसँगै सिर्जनात्मक क्षेत्रमा पनि सक्रिय उपस्थिति देखाएको छ। विद्यालयले आगामी दिनमा विद्यार्थीको प्रतिभा पहिचान, प्रोत्साहन र विकासलाई थप प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्