आजको मौसम अपडेटः कोशी प्रदेश सहित देशका विभिन्न स्थानमा भारी वर्षा हुने

<span class='c1'>आजको मौसम अपडेटः कोशी प्रदेश सहित</span> <span class='c2'>देशका विभिन्न स्थानमा भारी वर्षा हुने</span>

विराटनगर । आज कोशी सहित बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा भने मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू(भाग, कर्णाली प्रदेशको पहाडी भू(भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू(भागको एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

देशको हिमाली भू(भागका केही स्थानमा तथा पहाडी भू(भागका धेरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षारहिमपातको पनि सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू(भागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भू(भागका केही स्थानमा तथा मधेश प्रदेश र कोशी प्रदेशको तराई भू(भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

 

राति पनि देशभर साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशको पहाडी र तराई भू(भागको एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम विज्ञानमा २४ घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ भने १००देखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा र २०० भन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा भएको मानिन्छ ।

तराई भू(भागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू(भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू(भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ।

देशको पहाडी भू(भागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्