चीनतर्फको बाढी प्रभावित क्षेत्रमा विदेशी पत्रकारहरुको भ्रमण : उद्धार तथा राहत कार्यको प्रशंसा

<span class='c1'>चीनतर्फको बाढी प्रभावित क्षेत्रमा विदेशी पत्रकारहरुको भ्रमण</span> <span class='c2'>: उद्धार तथा राहत कार्यको प्रशंसा</span>

एजेन्सी । अन्तर्राष्ट्रिय पत्रकारहरुले दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने बाढी प्रभावित चिलुङ बन्दरगाहको भ्रमण गरेका छन्। उनीहरूले विनाशकारी पहिरोपछि जारी उद्धार कार्य तथा पुनःस्थापना र पुनर्निर्माणमा भइरहेको प्रगतिको अवलोकन गरेका हुन् ।

नेपालमा उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किएपछि आएको बाढी तथा पहिरोका कारण अगस्ट २६ मा चिलुङ बन्दरगाह प्रभावित भएको थियो। शनिबारसम्म उक्त घटनामा ४३ जनाको मृत्यु भएको र ५१९ जना अझै बेपत्ता रहेको जनाइएको छ। अमेरिका, बेलायत, रुस, भारत, पाकिस्तान, सिंगापुर, ब्राजिललगायत विभिन्न देश तथा क्षेत्रका पत्रकारहरूले शनिबार र आइतबार चिलुङ बन्दरगाहको सबैभन्दा बढी प्रभावित क्षेत्रमा पुगेर विपद्को अवस्था, जारी उद्धार कार्य तथा पुनःस्थापना र पुनर्निर्माणको प्रगतिबारे जानकारी लिएका थिए।

भेनेजुएलामा आधारित टेलिसुरका पत्रकार ब्रुनो फाल्चीले चीनले उद्धार तथा राहत कार्यलाई तीव्र गतिमा अघि बढाएको बताए। ‘चीनले कति छिटो काम गर्छ र राज्यले आफ्ना नागरिकलाई उद्धार गर्न तथा आर्थिक सहयोग उपलब्ध गराउन कति तीव्र गतिमा काम गर्छ भन्ने कुरा वास्तवमै तारिफयोग्य छ। सबै कुरा यति छिटो परिवर्तन भएको देख्दा भावुक बनायो। ११ दिनअघि मैले यो क्षेत्र निकै ठूलो क्षति भएको अवस्थामा देखेको थिएँ। अहिले सडकहरू खुलेका छन्, मानिसहरू आउन थालेका छन् र अहिले पत्रकारहरू पनि यहाँ आएर विश्वलाई यहाँ भइरहेको अवस्थाबारे देखाउन सक्ने भएका छन्,’ फाल्चीले भने।

अन्य पत्रकारहरूले विनाशको ठूलो स्तर देखेर आफूहरू स्तब्ध भएको बताएका छन्। उनीहरूले यस विपद्ले जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी सहकार्यको आवश्यकता अझ स्पष्ट पारेको बताएका छन्। चीनका लागि एसोसिएटेड प्रेस अफ पाकिस्तानका संवाददाता मुहम्मद असगरले भने,‘जलवायु परिवर्तन कुनै एउटा देशको समस्या होइन, यो सम्पूर्ण विश्वको समस्या हो। यो चुनौती सामना गर्न सामूहिक प्रयास आवश्यक छ। एउटा मात्र देशले चमत्कार गर्न सक्दैन। त्यसैले यो सम्पूर्ण विश्वको सामूहिक जिम्मेवारी हो। सबै देश एकजुट भएर छलफल गर्नुपर्छ र यस्ता घटनाको आवृत्ति कसरी कम गर्न सकिन्छ भन्नेबारे सोच्नुपर्छ। जलवायु परिवर्तन विश्वकै ठूलो मुद्दा हो र यसलाई न्यूनीकरण गर्न सम्पूर्ण विश्वले सामूहिक प्रयास गर्नुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्